०१ असार २०८३, सोमबार

नेकपा केन्द्रीय कमिटीमा एमसीसी पारित गर्न प्रस्ताव

माघ १६, २०७६
नेकपा केन्द्रीय कमिटीमा एमसीसी पारित गर्न प्रस्ताव

सत्तारूढ नेकपाको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

पार्टी एकताको २१ महिनापछि बुधबार काठमाडौंमा सुरु भएको बैठकमा संयुक्त राजनीतिक दस्तावेज पेस गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले घुमाउरो भाषामा यस्तो प्रस्ताव गरेका हुन्।

राजनीतिक दस्तावेजमा एमसीसीबारे केही उल्लेख नगरिए पनि राष्ट्रिय हितलाई सर्वोपरि राखी 'अमेरिकालगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न तत्पर रहने' उल्लेख छ। प्रधानमन्त्री ओली एमसीसी संसद् बाट अविलम्ब पारित गर्नुपर्ने पक्षमा छन्।

पार्टीका केही नेताहरूले एमसीसी इन्डो- प्यासिफिक रणनीतिकै अंग भए/नभएको प्रश्न उठाइरहेका बेला अध्यक्षद्वयले एमसीसी र इन्डो प्यासिफिक अलग रहेको देखाउन दस्तावेजमै प्रयास गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्