२५ असार २०८३, बिहीबार

भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज बन्दै

माघ १६, २०७६
भारतीय पर्यटकलाई नेपाल भ्रमण असहज बन्दै
फाइल तश्वीर

भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमण असहज बन्दै गएको भारतीय सरोकारवालाहरूले बताएका छन् ।

केही समयअघि पोखरामा भारतीय सवारीसाधन लिएर घुम्न जान निषेध गरिनु, स्थलमार्ग भएर नेपाल आउने क्रममा भारतीय पर्यटकमाथि दुर्व्यवहार बढ्दै जानुजस्ता कारणले भारतीय पर्यटक घटेको व्यवसायीहरू बताउँछन् ।

भारतीयहरूलाई पर्यटकको रुपमा नै  नहेर्ने लगायतका कारणले उनीहरूको रोजाइमा नेपाल परे पनि पछिल्ला दिनमा असहजता महशुस गर्दै गएको एसोसियसन अफ बुद्धिष्ट टुर अपरेटर्सका महासचिव कौशल शर्माले बताए ।

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा निकायलाई भारतीय पर्यटककै छ । सन् २०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत  २लाख ५४ हजार १ सय ५० भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए । काराेबार दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्