०२ असार २०८३, मंगलबार

कर्मचारीको 'इमान' जचाउँदै भन्सार

माघ १६, २०७६
कर्मचारीको 'इमान' जचाउँदै भन्सार

भन्सारप्रतिको आम बुझाइ त्यति सकारात्मक छैन । विगतमा भन्सार कार्यालयका कर्मचारीको आचरण र अतिरिक्त लाभको लोभले यो सरकारी निकायको परिचय धमिल बनेको थियो ।

त्यसको असर समग्र भन्सार प्रणालीमै परेको थियो। भन्सारसँग सम्बन्धित सबै प्रक्रिया र त्यसमा संस्थागत सदाचारको अहिलेको अवस्था बुझ्न भन्सार विभागले आफ्नै 'इमान' जचाउन शुरू गरेको छ।

भन्सार सदाचार अनुभव सर्वेक्षण नाम दिइएको यो प्रक्रियामा विभिन्न भन्सार कार्यालयको प्रणालीका सम्बन्धमा सेवाग्राहीबाट प्रतिक्रिया लिइने विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए। उनका अनुसार मङ्गलबार शुरू भएको यो सर्वेक्षण चार हप्तासम्म सञ्चालन हुनेछ ।

विश्व सन्सार सङ्गठनले तोकेको मापदन्ड र मोडालिटीमा आधारित रहेर सर्वेक्षण गरिने उनले बताए। सर्वेक्षणमा सहभागीको नाम उल्लेख हुने छैन । सर्वेक्षणमा तोकिएका प्रश्नको स्वतन्त्रतापूर्वक उत्तर दिने सुविधा सहभागीलाई हुनेछ । यो सबै प्रक्रिया अनलाइनबाटै हुने दाहालले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्