१८ असार २०८३, बिहीबार

केरुङमा आवतजावत बन्द

माघ १६, २०७६
केरुङमा आवतजावत बन्द

 चिनियाँ पक्षले बुधबारदेखि केरुङ नाकामा आवतजावत गर्न रोक लगाएको छ।

बुधबारदेखि १५ दिनसम्मका लागि रस्वागढी नाकाबाट केरुङतर्फ पर्यटक तथा सवारीसाधनलाई आवतजावत गर्न रोक लगाइएको हो।

चिनियाँ पक्षले रोक लगाएपछि रसवागढी नाकाबाट पर्यटक तथा सवारीसाधन आवतजावत बन्द भएको छ । बुधबार नाकामा सवारीसाधन नचलेको र पर्यटकहरूको पनि आवतजावत बन्द भएको सशस्त्र प्रहरी बल भन्सार तथा राजस्व सरक्षा गल्म हे.क्वा.नं. २१ टिमुरेले बताएको छ ।

नाकामा दुवै देशतर्फका सरकारी कार्यालयहरू भने खुला रहेको छ। चीनतर्फको बजार पनि खुला रहेको छ ।

नेपाल-चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) लिएका रसुवावासीलाई नाका पारिसम्म मात्र आउजाउ गर्न दिइएको छ। मंगलबार चिनियाँ पक्षले नै केरुङतर्फ आवतजावतमा रोक लगाउने जानकारी दिएको अध्यागमन कार्यालय रसुवाका वरिष्ठ अध्यागमन सहायक केशरबहादुर राईले बताए। 'नाका नै बन्द गरिएको भने होइन,' उनले भने ।

मंगलबार रसुवागढी नाकामा दुवै देशका सीमा सुरक्षा अधिकारीहरूबीच अनौपचारिक बैठक भएको थियो। बैठकमा चिनियाँ पक्षले नाकामा आवतजावत गर्न रोक लगाउने जानकारी दिएका थिए।

कोरोना भाइरसको संक्रमण देखिएको, केरुङतर्फ जाने सडकमा हिउँ परेको लगायत कारण देखाउँदै रोक लगाइएको हो। कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्