
अस्ट्रेलियन जुनियर लन टेनिस खेलाडी केन्टको बुधबार ललितपुर सातदोबाटोको टेनिस कोर्टमै निधन भएको छ।
नेपालमा शुक्रबादेखि आयोजना हुन लागेको आईटीएफ जुनियर लन टेनिस च्याम्पियनसिपका लागि तीन दिनअघि नै नेपाल आएका केन्टको बुधबार बिहान सातदोबाटोस्थित टेनिस कोर्टमा अभ्यास गर्ने क्रममा निधन भएको हो।
अभ्यासका लागि हिट कोर्टमा छिर्ने बित्तिकै केन्ट कोर्टमै ढल्न पुगेका थिए।
नाक र चिउडोमा चोट लागेपछि उनलाई उपचारका लागि तत्कालै बि एन्ड बि अस्पताल लगे पनि अस्पतालले मृत भइसकेको घोषणा गरेका थिए ।
अस्पतालले मृतक केन्टको शरीरमा कुनै तरल पदार्थ नहुँदा निधन भएको उल्लेख गरेको छ। राजधानी दैनिकमा खबर छ ।