२७ असार २०८३, शनिबार

पूरा हुँदै साकिराको बाल्यकालदेखिको सपना

माघ १६, २०७६
पूरा हुँदै साकिराको बाल्यकालदेखिको सपना

कोलम्बियन पप स्टार सकिरा फेब्रुअरी २ मा आफ्नो ४३औं जन्मदिन मनाउँदै छिन्।

यो जन्मदिनमा उनको बाल्यकालदेखिको सपना साकार हुने भएको छ।

सकिरा फ्लोरिडाको मियामीको हार्डरक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज सेयर गर्दैछिन्। सुपर बाउल हाफटाइम सोमा आफ्नो प्रस्तुति दिनु उनको बाल्यकालदेखिको सपना थियो।

२०२० को सुपर बाउल सोका लागिजेनिफर र सकिरा जनवरी अन्तिममा रिहर्सल शुरू गर्दै छन्। सकिराले पनि आफ्नो इन्स्टाग्राममा इभेन्टका लागि थोरै दिन बाँकी रहेको पोस्ट गरेकी छन्।

जेनिफरले इन्टरटेनमेन्ट टुनाइटलाई दिएको एक अन्तर्वार्तामा भनेकी छन्, 'जजसले अहिलेसम्म हाम्रो प्रस्तुति देखेका छैनन् उनीहरूले सुपर बाउलमा केही नयाँ पाउनेछन्।'

सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक इभेन्ट हो। १९ च्याम्पियनसिपको विजेता इङ्ल्यान्ड पेट्रियाट्स हो। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्