१५ असार २०८३, सोमबार

रोहितले पूरा गरे १० हजार रन

रोहितले पूरा गरे १० हजार रन
फाइल तस्वीर

भारतीय ब्याट्स्‌म्यान रोहित शर्माले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरेका छन् । यस्तो गर्ने उनी चौथो भारतीय ओपनर हुन् ।

बुधवार सेडन पार्कमा न्यूजील्याण्डविरुद्ध खेलिएको तेस्रो टी-ट्वान्टी म्याचमा उनले उक्त सफलता हासिल गरेका हुन् ।

यस सूचीमा रोहित एक्ला ब्याट्स्‌म्यान हुन् जसको औसत ५० भन्दा बढी छ । २१९ पारीमा रोहितले ५०.३३ को औसतमा रन बनाएका छन् ।

रोहित बाहेक यस सूचीमा सुनिल गावस्कर, वीरेन्द्र सेहवाग, सचिन तेन्दुलकर रहेका छन् ।

रोहित पहिलो दुई टी-ट्वान्टी खासै रन बनाउन सकेका थिएनन् । तर तेस्रो खेलमा उनले ४० बलमा ६५ रन बनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्