२४ असार २०८३, बुधबार

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा शहीद स्मारकमा माल्यार्पण

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा शहीद स्मारकमा माल्यार्पण
फाइल फोटो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको शहीद स्मारकमा आज माल्यार्पण गरेका छन् ।

शहीद दिवसका अवसरमा बन्दीपुरका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनले शहीद स्मारक बाटिकामा रहेको शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।

सो क्रममा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले शहीदको योगदानलाई भुल्न नहुने बताए ।

उनले नेपालको विभिन्न आन्दोलनका क्रममा शहीदले पुर्‍याएको योगदानले नै नेपाल आजको अवस्थामा आइपुगेको उल्लेख गर्दै शहीदको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पनि शहीद स्मारकमा माल्यार्पण गरेका थिए ।

शहीद स्मारकमा विसं २००७ का क्रान्तिमा राणाको गोलीबाट मारिएका छ शहीदको शालिक निर्माण गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्