१६ असार २०८३, मंगलबार

मदिरा सेवन गरेर दाजुको हत्या, भाइ पुगे कारागार

मदिरा सेवन गरेर दाजुको हत्या, भाइ पुगे कारागार

राँगा बाँध्ने किलोले प्रहार गरी दाजुको हत्या गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका– ३ का ४२ वर्षीय बलराम सदा मुसहरलाई कैद सजाय भएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशबाट अभियुक्तलाई १० वर्ष कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार दिलकुमार वर्देवाले बताए।

मादकपदार्थ खाएका अभियुक्तले ०७४ साउन २६ गते राति दाजुलाई घचेट्दै राँगा बाँध्ने किलोले प्रहार गरी घाइते बनाएकोमा भोलिपल्टै मृत्यु भएको भनी मृतककी श्रीमती रम्भाले उजूरी दिएकी थिइन्।

घाइते बल्कुको साउन २७ गते बिहान मनकामना पोलिक्लिनिक फत्तेपुर, सप्तरीमा उपचारका क्रममा मृत्यु भएको थियो।

मृतककी श्रीमती ४५ वर्षीया रम्भा सदाले इलाका इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७४ साउन २७ गते उजूरी दर्ता गराउनु भएपछि अभियुक्तलाई तत्कालै पक्राउ गरिएको थियो । उनी ०७४ भदौ २० गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्