०९ साउन २०८३, शनिबार

प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित

प्रतिनिधि सभाको शुक्रवारको बैठकले पूर्व सांसद् गम्भीरजंग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको शोक प्रस्ताव बैठकले पारित गरेको हो ।

कार्की २०४८ सालमा नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित थिए ।

कार्कीले कांग्रेस पाल्पाको पूर्वपार्टी सभापतिको जिम्मेवार सम्हाल्नाका साथै प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको हरेक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको ७४ वर्षका उमेरमा यही माघ ११ गते उपचारका क्रममा निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक माघ २१ गते अपराह्न १ बजे बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्