
काठमाडौँको बनस्थली र बालाजुको बीचमा कान्तिपुर यातायातको एक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बनस्थली र बालाजुबीचमा बा८५ प १४९३ नम्बरको स्कुटरलाई कान्तिपुर यातायातको वा १ ख ६६४५ नम्बरको गाडीले ठक्कर दिदा स्कुटीमा सवार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङ धारखाकी ४० वर्षीया लिलाकुमारी घले रहेकी छिन् । उनी स्कुटरमा सवार थिइन् ।
उनकी छोरी २५ वर्षीया शर्मिला घले गम्भीर घाइते भएकी छिन् ।
घाइतेको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।