२५ जेठ २०८३, सोमबार

सपनामा के देखे के हुन्छ – यी हुन् ६५ सपनाका फलहरू

सपनामा के देखे के हुन्छ – यी हुन् ६५ सपनाका फलहरू

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ ।

यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।

१. अनार खाएको देखेमा - धन र सन्तानको प्राप्ति ।

२. अलि अलि बादल देखे - रोगबाट लाभ ।

३. ऊँट देखेमा - अपार धन प्राप्ति हुनु ।

४. आकाश देखेमा - ऐश्वर्य वृध्दि, सन्तान हुनु ।

५. आगो उठाएको देखेमा - अवैध धन प्राप्ति ।

६. आगो बालेर समातेमा - कष्ट हुनु, व्यर्थ व्यय हुनु ।

७. ओढ्ने कम्बल देखेमा - बदनाम हुनु ।

८. औंठी लगाएको देखेमा - धनलाभ र प्रशन्नता ।

९. कलम देखेमा - महान व्यक्तिसँग भेट हुनु ।

१०. कपाल देखेमा - धनलाभ हुनु ।

११. कपास देखेमा - रोगबाट मुक्त हुनु ।

१२. कपाल काटेको देखेमा - ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।

१३. किला ठोकेको देखेमा - बुढो मान्छेबाट लाभ ।

१४. कोईला देखेमा - व्यर्थमा झगडा हुनु ।

१५. कुवामा नुहाएको देखेमा - सन्यासी बन्नु ।

१६. कुवाको पानी देखेमा - विविध लाभ र बिजय ।

१७. कैची देखेमा - झगडा र विवाद बढ्नु ।

१८. घर बनाएको देखेमा - प्रसिद्धि प्राप्त गर्नु ।

१९. घाम लागेको देखेमा - पदोन्नति वा लाभ हुनु

२०. घाँसको मैदान देखेमा - धेरै धन एकत्र गर्नु ।

२१. घोडा देखेमा - संकट नाश हुनु ।

२२. घोडा चढेको देखेमा - ठूलो पद पाउनु ।

२३. चश्मा लगाएको देखेमा - विध्दता बढ्नु ।

२४. जंगल देखेमा - दु:ख नाश र बिजय ।

२५. जहाज देखेमा - परिशानी हट्नु र व्यय ।

२६. चाँदि देखेमा वा पाएमा - धन र अहंकार बृध्दि ।

२७. झरना देखेमा - दु:ख दुर हुनु ।

२८. टोपी देखेमा - दु:ख नाश भएर, उन्नति हुनु ।

२९. ठूलो पर्खाल देखेमा - सम्मान बढ्नु ।

३०. डोरी देखेमा - यात्रामा कठिनायी र झन्झट हुनु ।

३१. ढोका देखेमा - ठूलाबडासँग मित्रता हुनु ।

३२. ढोका बन्द देखेमा - परेशानी र चिन्ता हुनु ।

३३. दलदल देखेमा - सन्तान प्राप्ति हुनु ।

३४. दाँत भाँचिएको देखेमा - दु:ख र झन्झट हुनु ।

३५. दाँत माझेको देखेमा - पापको प्रायश्चित हुनु ।

३६. धनुष तानेको देखेमा - लाभप्रद यात्रा हुनु ।

३७. पर्वत चढेको देखेमा - पदोन्नति वा प्रसिध्द हुनु ।

३८. पत्र पढेको देखेमा - शुभ समाचार, परिश्रम ।

३९. प्रकाश देखेमा - उच्चकोटीको साधु बन्ने ।

४०. पानी पिएको देखेमा - राज्यबाट लाभ ।

४१. फलाम देखेमा - कुनै धनवानद्वारा लाभ ।

४२. बजार देखेमा - दरिद्रताको नाश हुनु ।

४३. बलेको दियो देखेमा - आयु बृध्दि हुनु ।

४४. बहर वा गाई देखेमा - मोटो लाभ, दुब्लो दु:ख ।

४५. बादल देखेमा - विरक्ती र परिशानी बढ्नु ।

४६. बिरालो देखेमा - चोरी हुनु, शत्रु बढ्नु ।

४७. भर्याङ देखेमा - सुखसम्पत्ति बढ्नु ।

४८. भूकम्प देखेमा - सन्तानलाई कष्ट र दु:ख ।

४९. मरेको मान्छेसँग कुरा गरेमा - मनोकांक्षा पूरा हुनु ।

५०. मरेको मान्छेले बोलाएमा - विपत्ति आउनु ।

५१. मुर्दा देखेमा - रोगबाट मुक्ति पाउनु ।

५२. रत्न या मणि देखेमा - दु:ख बढ्नु, अपव्यय हुनु ।

५३. रातो फूल देखेमा - पुत्रबाट सुख र भाग्योदय ।

५४. रोटी खाएको देखेमा - पदोन्नति र घन बढ्नु ।

५५. लठ्ठी देखेमा - ठूलो नाम हुनु ।

५६. वर्षा देखेमा - सुख र प्रशन्नता प्राप्त हुनु ।

५७. सुकेको बगैचा देखेमा - विपत्तिमा फस्नु ।

५८. सुख्खा अन्न खाएमा - कष्ट र व्यर्थ परिशानी हुनु ।

५९. सुगन्ध लगाएको देखेमा - विद्वान र पण्डित हुनु ।

६०. सुपारी खाएको देखेमा - रोगबाट मुक्ति पाउनु ।

६१. सुराही देखेमा - आवारासँग संगत हुनु ।

६२. सेतो पूल देखेमा - दु:खबाट छुट्कारा पाउनु ।

६३. सिंहासन देखेमा - धेरै सुख पाउनु ।

६४. हरियो बगैचा देखेमा - पदोन्नति र लाभ हुनु ।

६५. ओच्छयान लगाएको देखेमा - दीर्घायु र सुख वृध्दि ।

salt training

कमेन्ट गर्नुहोस्