३० जेठ २०८३, शनिबार

ओलीसामु केन्द्रीय सदस्यको चिन्ता : गुटले पार्टी खायो

माघ १८, २०७६
ओलीसामु केन्द्रीय सदस्यको चिन्ता : गुटले पार्टी खायो

अहिलेको स्थितिमा नेकपाले पार्टी, नेता कार्यकर्ता र जनताको जिम्मा कसरी लिन सक्छ ? हाम्रो जीवनशैली र रहनसहन सुधार्न चाहेनौँ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नकारात्मकतासँग नेकपाको भविष्य नजोडिएला भन्ने ग्यारेन्टी के छ ?

सत्तारूढ नेकपाको पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार समूह नेता बनेर रिपोर्टिङ राख्ने क्रममा युवा नेता लेखनाथ न्यौपानेले उठाएका प्रश्न हुन् यी। उनले गुटले पार्टीलाई भित्रभित्रै खाइसकेको भन्दै शीर्ष नेतृत्वले नै दिवंगत भइसकेका राष्ट्रिय/ अन्तर्राष्ट्रिय नेताका नाममा गुट परिचालन गरिरहेको बताए।

पार्टी अध्यक्षके राजनीतिक प्रतिवेदनमा अनुशासनको स्थान गुट अनुशासनले लिन थालेको उल्लेख भएको उनको भनाइ छ। 'गुटल पाटो खायो। यो पार्टी हो कि होइन अब थाहा भइहाल्छ । गुटको नेतृत्व माथिबाट भयो । गुट परिचालन
मरेका राष्ट्रिय अन्तर्राष्ट्रिय नेताहरूका नाममा भइरहेका छन्। त्यसको मूल्यांकन कसरी गर्ने ?' न्योपाने प्रश्न गरे। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्