काठमाडौं विश्वविद्यालय अन्तर्गत रहेका मेडिकल कलेजले बिद्यार्थीबाट पुन: अतिरिक्त शुल्क असुल्न थालेको पाइएको छ ।
ती मेडिकल कलेजले मनोमानी शुल्क असुल्न थालेका हुन् ।
सरकारले शुल्क मापदण्ड तयार पारे पनि कार्यान्वयन गर्न मेडिकल कलेजले अटेर गर्दै आएका छन् । सरकारले तोकेको रकमबाट विद्यार्थीको सम्पूर्ण खर्च टार्न नसक्ने भन्दै मेडिकल कलेज सञ्चालकले विद्यार्थीसंग थप रकम
माग्दै आएका छन् । राजधानी दैनिकमा खबर छ ।