१९ असार २०८३, शुक्रबार

छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३८ जना घाइते

माघ १८, २०७६
छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३८ जना घाइते

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

चौधरीको मध्यराती मोटरसाइकल दुर्घटना भएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । तर, स्थानीयले भने गाडीले मोटरसाइकललाई ठक्कर दिंदा चौधरीको मृत्यु भएको दाबी गरेका छन् । पुर्बपश्चिम राजमार्ग अन्तर्गत गुलरा सडक खण्डमा गाडीले चौधरी सवार मोटरसाईकललाई ठक्कर स्थानीयको दाबी छ । घटनावारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक बस्नेतको भनाइ छ ।

जिल्लाकै गोदावरी नगरपालिका ८ स्थित भित्रि सडकमा पर्ने जोनापुरमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रवार राति करिब १ बजेतिर स्याउलेबाट धनगढी तर्फ जाँदै गरेका मोटससाईकल दुर्घटना हुँदा चालक कैलारी गाउपालिकां ५ बस्ने २७ बर्षिया पंकज चौधरीको मृत्यु भएको हो । चौधरी एक्लै सवार सुप प्र ०१–००८ प १२८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्लाकै अत्तरिया नजिक बस दुर्घटना भएको छ । दाङबाट दिल्लीतर्फ जाँदै गरेको ना ७ ख ५६३० नम्बरको बस गोदावरी नगरपालिकाको खैराना पुल नजिक दुर्घटना हुँदा ३८ जना समान्य घाइते भएका छन् ।

घाइतेहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सडक छेउमा रोकिएको ट्रकलाई ठक्कर दिदा बस दुर्घटना हो ।

salt training

कमेन्ट गर्नुहोस्