२४ जेठ २०८३, आइतबार

ऊर्जामन्त्रीको प्रश्न: जनयुद्ध कसरी गलत भयो ?

ऊर्जामन्त्रीको प्रश्न: जनयुद्ध कसरी गलत भयो ?

ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले सरकार सहिदका सपना साकार पार्न  प्रतिबद्ध रहेको बताएका छन्।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनको प्रथम साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री पुनले सहिदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको बताएका हुन्।

उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै सो निर्णयलाई वर्तमान सरकारले जतिसक्दो चाँडो राजपत्रमा प्रकाशित गरी लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।

पुनले जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्तन सम्भव भएको भन्दै माओवादी १० वर्षे जनयुद्ध सही भएको पुष्टि गरे।

उनले जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान हो, जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसकेका छन्, जनयुद्ध चाहिँ कसरी गलत भयो ? भन्दै  प्रश्न गरे।

उनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गर्दै जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएको र इतिहासलाई कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने दाबी गरे। 

salt training

कमेन्ट गर्नुहोस्