२१ असार २०८३, आइतबार

भुलेर पनि यी कुरालाई नगर्नुस् बेवास्ता, नत्र हुन सक्छ ब्रेकअप

कात्तिक २३, २०७७
भुलेर पनि यी कुरालाई नगर्नुस् बेवास्ता, नत्र हुन सक्छ ब्रेकअप

प्रेमी वा प्रेमिकासँग ब्रेकअप भएपछि 'अफेयर'लाई भुल्न समय लाग्छ । सम्बन्धबाट टाढा रहन सजिलो हुँदैन ।

जब तपाईं प्रेमसम्बन्धमा हुनुहुन्छ भने एक्कासी ब्रेकअप पनि हुँदैन । ब्रेकअप हुनुअघि पनि केही संकेत पक्कै पनि देखा परेको हुन्छ ।

केही कुराहरूलाई बेवास्ता गर्नु पनि ब्रेकअपको संकेत हो ।

त्यस्तै आज हामी तपाईंलाई ब्रेकअप हुनुको मुख्य कारणहरू बताउँछौं ।

पूरा कुरा नभन्नु

पार्टनरलाई आफ्नो कुरा राम्रोसँग नभन्दा पनि झगडा हुने गर्छ । एक अर्कालाई पूरा कुरा नभन्नु पनि ब्रेकअपको कारण बन्न सक्छ । आफ्ना कुरा राम्रोसँग भने मात्रै एकअर्काबीच समझदारी हुन्छ, विश्वास हुन्छ । अनि लामो समयसम्म अफेयर चल्छ ।

विश्वास नगर्नु

जब एकअर्काबीच विश्वास हुँदैन । प्रेम सम्बन्ध लामो समयसम्म जाँदैन । एकले अर्कालाई विश्वास नगर्ने बानीलाई चाँडै नै हटाउनुपर्छ । साना-साना कुरामा झगडा गर्नु हुँदैन । झगडा गरिरहने बानीले पनि सम्बन्धको आयु कम गराउँछ ।

कुराकानी कम हुनु

जब प्रेमी-प्रेमिकाबीच कुराकानी कम हुन्छ, तब सम्बन्ध पनि गलत बाटोमा गइरहेको छ भनेर बुझे हुन्छ । कुनै पनि सम्बन्धलाई मजबुद बनाउनका लागि संवाद निकै महत्त्वपूर्ण हुने गर्छ । यदि तपाईंहरूबीच कुराकानी पातलो हुन थालेको छ भने बुझ्नुस् कि चाँडै नै ब्रेकअप हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्