२५ जेठ २०८३, सोमबार

नेविसंघमा थपिए ५ महामन्त्री, पौडेल र सिटौला समूहमा भागबण्डा

नेविसंघमा थपिए ५ महामन्त्री, पौडेल र सिटौला समूहमा भागबण्डा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को महामन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ५ महामन्त्री छानेको छ ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भएको भागबण्डा अनुसार पौडेल समूहले भागमा परेका ५ महामन्त्रीलाई भाग लगाएका हुन् ।

उपगुटको भागबण्डा अनुसार पौडेलपक्षबाट ३ र सिटौलापक्षबाट २ महामन्त्री प्रस्ताव गरिएको हो ।

स्रोतका अनुसार दीपक भट्टराई, उर्मिला थपलिया, प्रभात दाहाल, बलदेव तिमिल्सिना र युवराज पाण्डेलाई महामन्त्री बनाउने निर्णय पौडेल समूहले गरेको छ ।

भट्टराई, थपलिया र दाहाल पौडेलनिकट हुन् भने तिमिल्सिना र पाण्डे सिटौलानिकट हुन् ।

सभापति देउवाले यसअघि नै अध्यक्ष र २ महामन्त्री नियुक्ति गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्