२४ असार २०८३, बुधबार

यी ८ नायिका, जसले सन् २०२० मा बलिउडमा डेब्यु गर्दैछन्

माघ २०, २०७६
यी ८ नायिका, जसले सन् २०२० मा बलिउडमा डेब्यु गर्दैछन्
तस्वीर सौजन्य: राजधानी दैनिक

बलिउडमा सन् २०२० मा आधा दर्जनभन्दा बढी युवतीले नव नायिकाका रूपमा डेब्यु गर्दै छन् ।

ती नव नायिका फिल्म रिलिजभन्दा अघि नै अहिले चर्चामा छन् । मिस वल्र्डको ताज जितेकी युवतीदेखि मोडलिङ र टेलिशृंखलामा आफूलाई स्थापित भइसकेका सेलिब्रेटी नायिकाका रूपमा सन् २०२० मा प्रस्तुत हुँदै छन् । उनीहरूका बारेमा यहाँ चर्चा गरिएको छ ।

मानुषी चिल्लर :  सन् २०१७ मा भारतबाट मिस युनिभर्सको उपाधि जितेकी मानुषी चिल्लर पनि नायिकाका रूपमा बलिउडमा प्रवेश गरेकी छन् । विगत एक वर्षदेखि नायिका बन्ने तयारीमा जुटेकी मानुषी अभिनेता अक्षयकुमारसँग नयाँ फिल्म ‘पृथ्वीराज’मा जोडिएकी छन् । यो फिल्मको सुटिङको तयारी हुँदै छ । यसमा मानुषीले राजकुमारी संयोगिताको भूमिका निर्वाह गर्दै छिन् ।

अलाया फर्निचरवाला : एक समयकी चर्चित अभिनेत्री पूजा बेदीकी छोरी अलाया फर्निचरवालाले पनि नायिकाका रूपमा बलिउडमा डेब्यु गर्दै छिन् । उनले अभिनेता सैफ अली खानसँग नयाँ फिल्म ‘जवानी जानेमन’बाट डेब्यु गर्न लागेकी हुन् । यो फिल्म अहिले निर्माणकोक्रममा छ ।

शालिनी पाण्डे :अभिनेता रणवीर सिंहको नायिकाका रूपमा फिल्म ‘जयेशभाइ’बाट शालिनीले डेब्यु गर्दै छिन् । यसअघि शालिनीले विजय देवरकोडाको तेलुगु हिट फिल्म अर्जुन रेड्डीमा अभिनय गरिसकेकी छन् । अहिले उनी नयाँ फिल्म जयेशभाइमा व्यस्त छिन् ।

क्रिस्टेल डीसुजा :भारतीय टेलिभिजन च्यानलमा आउने विभिन्न शृंखलामा अभिनयको जादू छरिसकेकी क्रिस्टेल डिसुजा पनि नयाँ फिल्मबाट बलिउडमा डेब्यु गर्दै छिन् । अमिताभ बच्चन र इमरान हासमीसँग उनी नयाँ फिल्ममा अनुबन्धित भएकी हुन् । उनको यो फिल्म पनि सन २०२० मै आउनेछ ।

संजना संघी : नवभिनेत्रीका रूपमा संजना संघीले फिल्म ‘दिल बेचारा’मार्फत यसै वर्ष बलिउडमा डेब्यु गर्दै छिन् । यो फिल्ममा उनी अभिनेता सुशान्त सिंह राजपूतको नायिका बनेकी छन् । अंग्रेजी फिल्म द फास्ट इन आवर स्टार्सको रिमेकका रूपमा दिल बेचारा निर्माण गर्न लागिएको हो ।

इसाबेल कैफ :  बलिउड अभिनेत्री कैटरिना कैफकी बहिनी इसाबेल कैफ पनि नायिकाका रूपमा यसै वर्षबाट बलिउडमा आउँदै छिन् । उनले ६ वर्ष अघि फिल्म डा. केबीमा अतिथि भूमिका निर्वाह गरेकी थिइन् । आयुश शर्माको नायिकाका रूपमा फिल्म ‘क्वाथा’बाट इसावेलले डेब्यु गर्दै छिन् ।

शारवारी बाघ : नयाँ फिल्म ‘बन्टी और बबली–२’ मोडल शारवारी बाघले डेब्यु गर्दै छिन् । अहिले शारवारी नयाँ चलचित्र बन्टी और बबली–२ मा व्यस्त छिन् ।

शेर्ली सेटिया : गायिकाका रूपमा आफूलाई चिनाएकी शेर्ली सेटिया अब नायिकाका रूपमा बलिउडमा प्रस्तुत हुँदै छिन् । शेर्लीले नयाँ फिल्म ‘निकम्मा’मार्फत डेब्यु गर्दै छिन् । आगामी जुनमा आउने यो फिल्ममा शेर्लीसँगै शिल्पा सेट्ठी, अभिमन्यु दासानीसहितको मुख्य भूमिका रहनेछ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्