२३ असार २०८३, मंगलबार

लोकसेवा र अन्तरप्रदेश बासिन्दासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता

माघ २०, २०७६
लोकसेवा र अन्तरप्रदेश बासिन्दासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता
फाइल फोटो

बाग्मती प्रदेश सभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएका छन् ।

दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए ।

बाग्मती प्रदेश सभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने तय भएको छ । प्रदेश सभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्