२१ असार २०८३, आइतबार

करन जोहरले बनाए हरर फिल्म ‘भूत’ (भिडियो)

माघ २०, २०७६
करन जोहरले बनाए हरर फिल्म ‘भूत’ (भिडियो)

बलिउडका भर्सटाइल फिल्म निर्माता करन जोहरले हरर विधाको फिल्म ‘भूत पार्ट वन : द हन्डेट शिप’ बनाएका छन् । 

फिल्मको ट्रेलर सोमवार सार्वजनिक गरिएको छ । 

ट्रेलरमा जुहु बीचमा आइपुगेको एक जहाजको घोषणा शुरूमा आउँछ । फिल्मका नायक विक्की कौशल हातमा टर्च लिएर आउँछन् अनि त्यसपछि अनौठा घटनाहरू हुन थाल्छन् । 

यो फिल्म हरर फ्य्रान्चाइजीको पहिलो भाग हो । फिल्म फागुन ९ गते सार्वजनिक हुँदैछ । 

फिल्ममा विक्कीका साथै भूमि पेडनेकर र आशुतोष राणा पनि प्रमुख भूमिकामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्