×

फागुन २०, २०८०

सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्गको छेउमा नाङ्गो तार हटाउँदै प्राविधिक । रत्न राजमार्गको छेउमा रहेका पोलहरूमा सुरक्षित तार राख्न लागिएको हो । तस्वीर : सुरेश आचार्य/रासस

फागुन २०, २०८०

हुम्लामा शनिवार रातिदेखि हिमपात भएपछि आइतवार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा जमेको हिउँ ।  

फागुन २०, २०८०

दाङको लमही नगरपालिका–५ स्थित कोलहीका स्थानीय महिलाहरु पशुचौपायका लागि जङ्गलबाट घाँस ल्याउँदै । तस्बिर-रासस

फागुन १९, २०८०

कञ्चनपुरको बेलौरी नगरपालिका– ६ भुराकोटका स्थानीय किसानको गहुँबाली चर्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जाबाट आएको नीलगाई । नीलगाई बाघ, चितुवालगायतका मांसहारी जनावरको आहारा प्रजातीका रुपमा पर्दछ । त...

फागुन १९, २०८०

बेलौरी नगरपालिको बजार छेउका किसान उखु काट्दै । नगरपालिका क्षेत्रमा उखु खेती गर्ने किसानको सङ्ख्या अधिक छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस

फागुन १९, २०८०

कथा सबैको एउटै हुँदैन । कसैको सरल त कसैको कठिन ।  हरेक कामलाई सम्मानका साथ हेर्नुपर्छ । कथा खोज्ने क्रममा यसपालिको कथामा इँटाभट्टीमा जे देखियो । हिउँदका ६ महिना मात्र इँटाभट्टामा ...

फागुन १९, २०८०

म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा नुहाँउनेको भीड । प्राकृतिक चिकित्सालयका रुपमा रहेको तातोपानी कुण्डमा डुब्ने र नुहाउने गरेमा विभिन्न रोग निको हुने विस्वास गरिएको छ । तस्बिर-रासस

फागुन १८, २०८०

शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत ब्रम्हकुमारीज राजयोग केन्द्रले शुक्रवार साँझ झलारी बजारमा निकालेको 'शिव दर्शन सन्देश र्‍यालीमा शिव-पार्वतीको भेषमा सजिएका बालबालिका  । तस्वीर -रासस

फागुन १८, २०८०

धनुषाको बिदेह नगरपालिका-८ बफैको नयाँबाटोबाट देखिएको सूर्यास्तको दृश्य र काटेको घाँस लिएर घर फर्किँदै गरेका बालबालिका  । तस्बिर-रासस

फागुन १८, २०८०

सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको शालिक । उक्त शालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको  हो ...

फागुन १८, २०८०

कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू शुक्रवार प्रदर्शनमा उत्रिएका हुन् ।​ महानगर भित्र दर्ता ...

फागुन १८, २०८०

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भरतपुरमा ढकमक्क फुलेको पलाँसको फूल । धार्मिक हिसाबले उत्तम मानिने पलासको फूल, हाँगा, पात र जरालाई औषधिको रुपमा समेत प्रयोग गरिन्छ । तस्बिरः रासस

फागुन १८, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाबाट देखिएको नीलगिरि हिमाल । करबाकेली ट्रेकले समेटिएको काफलडाँडा हिमशृङ्खला अवलोकनको लागि उपयुक्त स्थान मानिन्छ । तस्बिर-रासस

फागुन १६, २०८०

बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडाबाट देखिएको सूर्यास्तको दृश्य। तस्बिर : रासस

फागुन १६, २०८०

दाङको घोराही उपमहानगरपालिका १८ स्थित घोरदौराबाट बुधबार बेलुका देखिएको घोराही बजारको दृश्य । तस्बिर : रासस

फागुन १६, २०८०

हुम्लाको सिमकोट गाउँपालिका – १,२ ठेहे गाउँमा लाग्ने चैतलो पर्वमा चैतलो खेल्दै स्थानीय महिला । चैतलो पर्वमा (फाक, चाची)का गीत गाउने  गरिन्छ । तस्वीर : दाने बोहरा/रासस

फागुन १६, २०८०

सुर्खेतको वीरेन्द्रनगरबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य । तस्बिर - रासस

फागुन १५, २०८०

मिटर ब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले मंगलवार खाली खुट्टा पैदल यात्रा गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा गर्दै भद्...