×

NMB BANK
NIC ASIA
महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिको शपथ लिएपछि संसारमा आजदेखि डोनाल्ड ट्रम्प युग शुरु हुँदैछ । ‘अनपेक्षित’ रूपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पको शासनकालमा भूराजनीति र अर्थतन्त्रमा कस्तो परिवर्तन आउला भनी यतिबेला सबैमा जिज्ञासा छ ।

अमेरिकाको अर्थतन्त्र जोगाउनका लागि देशमै उत्पादन बढाउने र आप्रवासीहरूलाई रोक्ने ट्रम्पको घोषित योजना छ । यो घरेलु नीतिका अलावा उनको विदेशनीति चाहिँ अहिलेको प्रमुख चासोको विषय बनेको छ । राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा लगातार चीनमाथि आक्रमण गरिरहेका छन् भने यसअघि अमेरिकासँग चिसो सम्बन्ध भएको रुसप्रति नरम विचार प्रकट गरेका छन् । अझ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई त उनले प्रशंसा नै गरेका छन् ।

ट्रम्पको चीनप्रतिको कटुतापूर्ण वक्तव्यका पछाडि उनका विदेशनीति गुरु हेनरी किसिन्जरको हात रहेको छ । पूरै रिपब्लिकन पार्टी ट्रम्पको विरुद्ध हुँदा पनि उनको विरोध नगर्ने र उनी राष्ट्रपति निर्वाचित भएपछि उनको प्रशंसा गर्ने किसिन्जरको सल्लाह ट्रम्पले सुनिरहेका छन् ।

शीतयुद्धका बेलामा राष्ट्रपति रिचार्ड निक्सनको प्रशासनमा विदेशमन्त्री रहेका किसिन्जरले त्यतिखेर चीनसँग अमेरिकाको मित्रता बढाउनका लागि प्रमुख भूमिका निर्वाह गरेका थिए । पिङपङ कूटनीतिमार्फत तत्कालीन चिनियाँ राष्ट्रपति माओत्से तुङसँग निक्सनको भेट गराएर किसिन्जरले चीन र रुसका बीच साझेदारी तोड्ने काम गरेका हुन् ।

शीतयुद्धको प्रमुख दुश्मन रुसलाई एक्ल्याउन किसिन्जरले यो चाल चलेका थिए जसको प्रतिफल पछि गएर सोभियत संघको पतनका रूपमा देखियो । अहिले आएर तिनै पात्रहरूको भूमिका परिवर्तन भएको छ तर पात्रलाई खेलाउने सूत्रधार तिनै हुन् । भन्नाको मतलब अहिले उनले ट्रम्पलाई रुससित नजिक हुन अनि चीनलाई चिढ्याउन लगाइरहेका छन् ।

खासमा अमेरिकाको उद्देश्य रुस र चीनको साझेदारी नबनोस् भन्ने हो । युरोप र एसियाका यी महत्वपूर्ण देश सँगै आए भने अमेरिका तथा पश्चिमलाई रणनीतिक खतरा आइपर्छ । त्यसैले कूटनीतिको पुरानो चाल ‘भेद’ अर्थात् फुटाऊ र शासन गरको नीतिमा अमेरिकाका चतुर कूटनीतिज्ञ किसिन्जर लाग्नु स्वाभाविक हो । रुसलाई चीनबाट छुटाउने उनको रणनीति देखिन्छ ।

ट्रम्पअघिका राष्ट्रपति बाराक ओबामा चाहिँ कूटनीतिज्ञ ज्विग ब्रेजिन्स्कीको विदेशनीतिलाई पछ्याउने गर्थे । पूर्वराष्ट्रपति लिन्डन जोनसोन र जिम्मी कार्टरका सल्लाहकारका रूपमा काम गरेका ब्रेजिन्स्कीले भने ओबामालाई रुसविरुद्ध कदम चालेर चीनलाई फकाउन लगाएका थिए । ब्रेजिन्स्की र उनका अनुयायीहरू अहिले पनि रुससित ट्रम्पको सामीप्यलाई खेदो खनिरहेका छन् ।

ट्रम्पका ट्विटहरूलाई यही कूटनीतिक खेलका रूपमा बुझ्नुपर्छ । विदेशनीतिका बारेमा ट्रम्पलाई केही थाहा नभएको जस्तो लागेपनि उनले सल्लाह सुन्ने कूटनीतिज्ञहरूलाई सबै थाहा छ । अहिले रुससित राम्रो सम्बन्ध बनाएर पुटिनलाई चीनसँग टाढा पार्ने नीतिअनुरूप उनीहरू अघि बढिरहेका छन् ।

पुटिनलाई अमेरिकाले नजिक्याउनु उसको बाध्यता हो । रुसमा रहेको प्रचुर प्राकृतिक स्रोत र उसको भव्य सैन्यशक्तिका कारण अमेरिका रुससँग भित्रिभित्रै त्रस्त छ । रुसले लामो दूरीको क्षेप्यास्त्र र आणविक हतियार निर्माणमा ठूलो प्रगति गरिसकेको छ । अनि अमेरिकाले सामुद्रिक शक्ति लगभग गुमाइसकेको छ र ठूलो युद्धमा आफ्नो सैन्यशक्ति जोगाउने उसको क्षमतामा पनि ह्रास आइसकेको छ ।

त्यसैले त ट्रम्पले अमेरिकाको बाहिरी देशमा गरेको युद्धको आलोचना गरेका हुन् । मध्यपूर्व लगायतको युद्धक्षेत्रमा रुससँग सिधै टकरावको स्थिति नआओस् भन्नेमा अमेरिका सचेत छ । अमेरिकाको हातहतियार अत्याधुनिक प्रविधिको भएपनि रुसले पनि यसमा कल्पनातीत प्रगति गरिसकेको छ ।

अमेरिकालाई फेरि महान् बनाऔं भन्ने ट्रम्पको नारा यही क्रममा आएको हो । अमेरिकामै उत्पादन बढाएर अर्थतन्त्र मजबुत बनाउँदै हतियार निर्माणमा लाग्ने अमेरिकाको नीति हो । चीनलाई अमेरिकामा सामान बेच्न नदिएर आफैं उत्पादन गर्ने र औद्योगिकीकरणलाई बढावा दिने अमेरिकी नीति लोकरञ्जनवादी कदम हो तर यसको रणनीतिक महत्व पनि छ । देशमै अर्थतन्त्र मजबुत बनाएर जनतालाई खुशी बनाउँदा त्यसले राष्ट्रिय सुरक्षामा पनि योगदान गर्छ जसरी दोस्रो विश्वयुद्धताका उत्पादनमूलक अर्थतन्त्रका कारण अमेरिकाले आफ्नो हतियार उद्योगलाई बलियो बनाउन सफल भई युद्धमा विजयी हुन सफल भएको थियो ।

त्यसैले चीनका उत्पादन अमेरिकामा नआउन् भन्ने अमेरिकाको उद्देश्य हो । चीनलाई यसमा खासै दुःख नहुने देखिन्छ किनकि उसले आफ्नो उत्पादन आफ्नै देशमा बेचेर अर्थतन्त्र मजबुत बनाउँछ । बरू चीनले अफ्रिका, पश्चिम एसिया र दक्षिण अमेरिकामा लगानी गरेर अमेरिकाको प्रभाव घटाउन थालेकोमा चाहिँ उसलाई चिन्ता छ । हुन पनि विश्वव्यापीकरणको फाइदा बुझेका कम्युनिस्ट चिनियाँ राष्ट्रपतिले दाभोस सम्मेलनमा यो नवउदारवादी सिद्धान्तको बारेमा प्रशंसाका शब्द खर्चिएका हुन् जबकि नवउदारवादी अमेरिकाका राष्ट्रपति चाहिँ राष्ट्रियताको मुद्दा उठाउँदैछन् ।

चीनसँग दूरी बढाउनका लागि रुसलाई फकाउने अमेरिकाको यो रणनीति पुटिनजस्ता चतुर नेतालाई थाहा नहोला भन्न सकिन्न । त्यसैले ट्रम्प राष्ट्रपति भएपछि पुटिनले कस्तो रणनीति अपनाउलान् ? अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरू पर्खिरहेका छन् ।

(यो सामग्री तयार पार्नका लागि विभिन्न अन्तर्राष्ट्रिय न्युज वेबसाइटमा प्रकाशित लेखहरूको सहयोग लिइएको हो ।)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x