×

NMB BANK
NIC ASIA

विदेशमन्त्री बनेपछि सुष्माको सातौं नेपाल भ्रमण, यसपटक किन विवाद ?

माघ १८, २०७४

NTC
Premier Steels

काठमाडौं, १८ माघ– भारतीय विदेश मन्त्रीको रुपमा सुष्मा स्वराजले सातौ पटक नेपालको भ्रमण शुरु गरेकी छिन् । वामपन्थी गठबन्धनले नयाँ सरकार गठन गर्नु पूर्व स्वराज बिहीवार काठमाडौं आइपुगेकी छिन् । 

Muktinath Bank

सन् २०१४ को मे महिनामा भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि सुष्माको यो सातौ नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीष कुमारले सातौ नेपाल भ्रमणको शिलशिलामा स्वराज काठमाडौं प्रस्थान गरेको ट्वीट गरेका थिए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा स्वराज पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् । दोस्रो पटक उनी सार्क सम्मेलनको समयमा काठमाडौंमा आएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

२०७२ सालमा विनासकारी भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी दाता सम्मेलनमा सहभागि हुन २०७२ असार ९ गते नेपाल भ्रमणमा आएकी थिइन् । 

Vianet communication

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा श्रद्धान्जली दिन उनी नेपाल आएकी थिइन् । 

पछिल्लो पटक उनी बिमिष्टेकको सम्मेलनमा सहभागि हुन गत साउन २६ गते काठमाडौं आएकी थिइन् । तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र सार्क मन्त्रीस्तरीय बैठकमा सहभागि हुन नेपाल भ्रमणमा आएकी थिइन् । 

विवादमा सातौ भ्रमण 

यसअघिका भ्रमण कुनै एजेण्डामा आधारित भएपनि यसपटकको भ्रमण भने विबादित बनेको छ । बिहीवार अपरान्ह काठमाडौं आएलगत्तै सुष्माले आफ्नो भ्रमण सद्भाव भ्रमण रहेको बताएपनि उनको भ्रमणको घोषणा भएदेखिनै विवाद शुरु भएको छ । 

नेपालमा नयाँ सरकार गठनको तयारी भइरहेको समयमा सुष्माको भ्रमणलाई ‘बेमौसमी’ भन्दै विरोध भएको हो । त्रिविमा राजनीति शास्त्रका सहप्राध्यापक दीपक गजुरेल सुष्मा भ्रमणको उदेश्य नयाँ सरकारलाई आफू अनुकुल बनाउनु रहेको प्रतिक्रिया दिन्छन् । 

कतिपयले भने नयाँ बन्न लागेको सरकारसँग सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’को रुपमा सुष्मा काठमाडौं आएको टिप्पणी गरेका छन् । 

यसअघि पनि देशको राजनीतिक अवस्था तरल रहेको समयमा भारतीय पक्षबाट राजनीतिक भ्रमण हुने गरेको र नेपालको राजनीतिमा ‘माइक्रो मेनेजमेन्ट’ गर्ने गरेको भन्दै भारतको विरोध हुँदै आएको छ । 

दुईदिने नेपाल बसाइँका क्रममा सुष्माले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

यो पनि पढ्नुहोस्

वाम सरकार नबन्दै भारतीय विदेशमन्त्रीको भ्रमण: ‘फकाउन’ कि ‘धम्क्याउन’ ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x