२१ जेठ २०८३, बिहीबार

विदेशमन्त्री बनेपछि सुष्माको सातौं नेपाल भ्रमण, यसपटक किन विवाद ?

विदेशमन्त्री बनेपछि सुष्माको सातौं नेपाल भ्रमण, यसपटक किन विवाद ?

काठमाडौं, १८ माघ– भारतीय विदेश मन्त्रीको रुपमा सुष्मा स्वराजले सातौ पटक नेपालको भ्रमण शुरु गरेकी छिन् । वामपन्थी गठबन्धनले नयाँ सरकार गठन गर्नु पूर्व स्वराज बिहीवार काठमाडौं आइपुगेकी छिन् । 

सन् २०१४ को मे महिनामा भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि सुष्माको यो सातौ नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीष कुमारले सातौ नेपाल भ्रमणको शिलशिलामा स्वराज काठमाडौं प्रस्थान गरेको ट्वीट गरेका थिए ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा स्वराज पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् । दोस्रो पटक उनी सार्क सम्मेलनको समयमा काठमाडौंमा आएकी थिइन् । 

२०७२ सालमा विनासकारी भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी दाता सम्मेलनमा सहभागि हुन २०७२ असार ९ गते नेपाल भ्रमणमा आएकी थिइन् । 

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा श्रद्धान्जली दिन उनी नेपाल आएकी थिइन् । 

पछिल्लो पटक उनी बिमिष्टेकको सम्मेलनमा सहभागि हुन गत साउन २६ गते काठमाडौं आएकी थिइन् । तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र सार्क मन्त्रीस्तरीय बैठकमा सहभागि हुन नेपाल भ्रमणमा आएकी थिइन् । 

विवादमा सातौ भ्रमण 

यसअघिका भ्रमण कुनै एजेण्डामा आधारित भएपनि यसपटकको भ्रमण भने विबादित बनेको छ । बिहीवार अपरान्ह काठमाडौं आएलगत्तै सुष्माले आफ्नो भ्रमण सद्भाव भ्रमण रहेको बताएपनि उनको भ्रमणको घोषणा भएदेखिनै विवाद शुरु भएको छ । 

नेपालमा नयाँ सरकार गठनको तयारी भइरहेको समयमा सुष्माको भ्रमणलाई ‘बेमौसमी’ भन्दै विरोध भएको हो । त्रिविमा राजनीति शास्त्रका सहप्राध्यापक दीपक गजुरेल सुष्मा भ्रमणको उदेश्य नयाँ सरकारलाई आफू अनुकुल बनाउनु रहेको प्रतिक्रिया दिन्छन् । 

कतिपयले भने नयाँ बन्न लागेको सरकारसँग सम्बन्ध सुधारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विशेष दूत’को रुपमा सुष्मा काठमाडौं आएको टिप्पणी गरेका छन् । 

यसअघि पनि देशको राजनीतिक अवस्था तरल रहेको समयमा भारतीय पक्षबाट राजनीतिक भ्रमण हुने गरेको र नेपालको राजनीतिमा ‘माइक्रो मेनेजमेन्ट’ गर्ने गरेको भन्दै भारतको विरोध हुँदै आएको छ । 

दुईदिने नेपाल बसाइँका क्रममा सुष्माले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

यो पनि पढ्नुहोस्

वाम सरकार नबन्दै भारतीय विदेशमन्त्रीको भ्रमण: ‘फकाउन’ कि ‘धम्क्याउन’ ?

salt training

कमेन्ट गर्नुहोस्