२७ जेठ २०८३, बुधबार

गगनलाई ओलीको जवाफ- हामीले घोषणापत्र पाठ गर्न होइन, काम गर्न बनाएको हो

फागुन २७, २०७४
गगनलाई ओलीको जवाफ- हामीले घोषणापत्र पाठ गर्न होइन, काम गर्न बनाएको हो

काठमाडौं, २७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्राप्त हुन लागेको दुईतिहाइको समर्थन सही र सकारात्मक उद्देश्यका लागि भएको बताएका छन् । उनले दम्भ पाल्नका लागि दुईतिहाइ बटुल्न नलागेको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका नेता गगन थापाले उठाएका प्रश्नको जवाफ दिँदै सदनमा बोलेका सबै कुराको जवाफदेहिता लिने बताए ।

‘यही रोष्टमबाट धेरैपल्ट भनेको छु, संविधान अपरिवर्तनीय दस्तावेज होइन, औचित्यको आधारमा संशोधन हुन्छ’ ओलीले भने, ‘प्रतिपक्षले खबरदारी गरोस् ।’

साथै उनले आफू सबैको प्रधानमन्त्री भएको बताए ।

‘म प्रधानमन्त्री एमालेको होइन, नेपालको प्रधानमन्त्री हो, त्यस हिसाबले काम गर्छु,’ ओलीले आइतवार संसदको बैठकमा भने, ‘आयुको सीमा हुन्छ, सामर्थको सीमा हुन्छ, ज्ञानको सीमा हुन्छ, म त्यो सीमा अवधिभित्र छु । तर इमानमा सीमा छैन्, सम्पूर्ण इमानका साथ काम गर्छु ।’

त्यसअघि कांग्रेस सांसद गगन थापाले विगतमा संविधान संशोधनप्रति कठोर भाव व्यक्त गर्ने ओलीले अहिले दुईतिहाइ पुर्‍याउन संशोधनमा सहमति जनाउन लागेको आरोप लगाएका थिए ।

साथै उनले थापालेघोषण पत्रको विकासे नारा बाचन गरेको प्रसङ्गउल्लेख गर्दै काम गर्नकै लागि घोषणापत्रमा राखिएको बताए ।

'अघि यहाँ एकजनाले भन्नुभो, हामी पढेर कण्ठ गरेर आउँछौ र पटक-पटक सवाल उठाउँछौँ, अत्यन्त खुसी लाग्यो, धन्यवाद !' ओलीले भने, 'त्यो घोषणापत्र बिहानबिहान पाठ गरेर हामीले पारि तरौँला भन्या होइन, देश बनाउनका लागि घोषणा गर्‍या हो, हामी पारि तर्ने होइन यो देश वारि नै बनाउने भन्या हो ।'

प्रतिनिधिसभा बैठकमा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्नु बाध्यता भएको बताए ।

‘लोकतन्त्र मास्ला भन्ने कसैलाई विश्वास छैन, प्रतिपक्षको भूमिका निर्बाह गर्दा, कति गाह्रो हुँदो रहेछ,’ ओलीले भने, ‘लोकतन्त्र मासिन्छ भन्ने कुराको चिन्ता कसैले नराखे हुन्छ ।’ लोकतन्त्रका लागि आधा शताब्दीदेखि लडेर आएको भन्दै ओलीले निश्चिन्त रहन आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्