×

NMB BANK
NIC ASIA

वर्षा लाग्दै गर्दा चाबहिल–जोरपाटीका सर्वसाधरणको पिर–सडकमा धान रोप्ने कि गाडी कुदाउने !

बैशाख १७, २०७५

NTC
Premier Steels

काठमाडैं १७ वैशाख–काठमाडौं उपत्यका घाम लाग्दा धुला र पानी पर्दा हिलोले आक्रान्त छ । 
कहिले मेलम्चीको पानी त कहिले सडक विस्तारको नाममा उपत्यका घामलाग्दा कुहिरीमण्डल र पानी पर्दा हिलाम्मे हुने गरेको छ । जसको प्रत्यक्ष असरमा सर्वसाधारण बाँचिरहेका छन् । 
काठमाडौंका उपत्यकामा कलंकी नागढुङा, बालाजु वाइपास, नेपालटार, जोरपाटी लगाएत अधिकांस क्षेत्रको अवस्था यस्तै छ । 

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेताहरुले भाषणमा धुलो नियन्त्रण, सडक निर्माणको कुरा गरेपनि वास्तविकता वर्षौंदेखि उस्तै छ ।


Advertisment
Nabil box
Kumari

सडककका कारण लामोसमयदेखि पीडा भोग्न बाध्य चावहिल–जोरपाटी–साँखुका सडक छेउका स्थानीय र उक्त सडकलाई प्रयोग गर्ने सर्वसाधारण दिक्क भएका छन् ।  

Vianet communication

बाटो विस्तार र मेलम्ची खानेपानीको नाममा यो बाटो घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण बिजोग अवस्थामा छ । लामो समयदेखि सडक नबनेका कारण बसाइँ नै सर्नुपर्ने अवस्था बनेको केही स्थानीयको गुनासो छ ।

स्थानीय दिपक मान्धर भन्छन् “बाटो बनाउँन थालेकोे वर्षौ भयो अहिलेसम्म पनि बाटो बनेको छैन, नेताहरु गाडीमा आउँछन् जनताको जे सुकै होस भन्ने सोच छ उहाँहरुको ।”

स्थानीय व्यापारीले सम्वन्धित नियकालाई दवाव दिन दुई दिन त्यस क्षेत्रका सबै पसल बन्द गराएका थिए । त्यसपछि सम्बन्धित निकायले चाडो काम सक्ने पनि भने तर कुनै प्रगति नभएको मान्धरले बताए । अझ अब वर्षायाम लाग्न लागेकोले हिलोको समस्या निकै हुने डर स्थानीयमा छन् ।

स्थानीय व्यापारी तारा गौतम त हिलोका कारण आफ्नो पसल अगाडि मात्र ५÷७ वटा बाइक दुर्घटना हुने गरेको बताउँछिन् । उनी भन्छिन्,‘पानी पर्दा हिलाम्मे सडकमा दिनको पाँच सातवटा बाइक लड्छन्, घाम लाग्दा सडकको धुलोले व्यापार बन्द गर्नुपर्ने अवस्था छ ।’ 


हिलोले गर्दा बौद्ध क्षेत्रमा मानिसहरुलाई आवतजावत पनि निकै समस्या भएको छ । अब वर्षालाग्दै गर्दा उनीहरुले हिलाम्मे सडकमा धान रोप्ने की गाडी कुदाउने प्रश्न सरकारसँग गरेका छन् ।

 

 

 

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x