०७ असार २०८३, आइतबार

वर्षा लाग्दै गर्दा चाबहिल–जोरपाटीका सर्वसाधरणको पिर–सडकमा धान रोप्ने कि गाडी कुदाउने !

बैशाख १७, २०७५
वर्षा लाग्दै गर्दा चाबहिल–जोरपाटीका सर्वसाधरणको पिर–सडकमा धान रोप्ने कि गाडी कुदाउने !

काठमाडैं १७ वैशाख–काठमाडौं उपत्यका घाम लाग्दा धुला र पानी पर्दा हिलोले आक्रान्त छ । 
कहिले मेलम्चीको पानी त कहिले सडक विस्तारको नाममा उपत्यका घामलाग्दा कुहिरीमण्डल र पानी पर्दा हिलाम्मे हुने गरेको छ । जसको प्रत्यक्ष असरमा सर्वसाधारण बाँचिरहेका छन् । 
काठमाडौंका उपत्यकामा कलंकी नागढुङा, बालाजु वाइपास, नेपालटार, जोरपाटी लगाएत अधिकांस क्षेत्रको अवस्था यस्तै छ । 

नेताहरुले भाषणमा धुलो नियन्त्रण, सडक निर्माणको कुरा गरेपनि वास्तविकता वर्षौंदेखि उस्तै छ ।

सडककका कारण लामोसमयदेखि पीडा भोग्न बाध्य चावहिल–जोरपाटी–साँखुका सडक छेउका स्थानीय र उक्त सडकलाई प्रयोग गर्ने सर्वसाधारण दिक्क भएका छन् ।  

बाटो विस्तार र मेलम्ची खानेपानीको नाममा यो बाटो घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण बिजोग अवस्थामा छ । लामो समयदेखि सडक नबनेका कारण बसाइँ नै सर्नुपर्ने अवस्था बनेको केही स्थानीयको गुनासो छ ।

स्थानीय दिपक मान्धर भन्छन् “बाटो बनाउँन थालेकोे वर्षौ भयो अहिलेसम्म पनि बाटो बनेको छैन, नेताहरु गाडीमा आउँछन् जनताको जे सुकै होस भन्ने सोच छ उहाँहरुको ।”

स्थानीय व्यापारीले सम्वन्धित नियकालाई दवाव दिन दुई दिन त्यस क्षेत्रका सबै पसल बन्द गराएका थिए । त्यसपछि सम्बन्धित निकायले चाडो काम सक्ने पनि भने तर कुनै प्रगति नभएको मान्धरले बताए । अझ अब वर्षायाम लाग्न लागेकोले हिलोको समस्या निकै हुने डर स्थानीयमा छन् ।

स्थानीय व्यापारी तारा गौतम त हिलोका कारण आफ्नो पसल अगाडि मात्र ५÷७ वटा बाइक दुर्घटना हुने गरेको बताउँछिन् । उनी भन्छिन्,‘पानी पर्दा हिलाम्मे सडकमा दिनको पाँच सातवटा बाइक लड्छन्, घाम लाग्दा सडकको धुलोले व्यापार बन्द गर्नुपर्ने अवस्था छ ।’ 


हिलोले गर्दा बौद्ध क्षेत्रमा मानिसहरुलाई आवतजावत पनि निकै समस्या भएको छ । अब वर्षालाग्दै गर्दा उनीहरुले हिलाम्मे सडकमा धान रोप्ने की गाडी कुदाउने प्रश्न सरकारसँग गरेका छन् ।

 

 

 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्