
काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन सरकारले हेलिकप्टर पठाएको छ ।
डा. केसीलाई लिन डा. गुणराज लोहनीलाई त्यसतर्फ पठाइएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । मन्त्रालयमा पत्रकार सम्मेलन उनले डा. केसीलाई काठमाडौं ल्याएपछि शुरुमा त्रिवी शिक्षण अस्पतालमा राखिने बताए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार साँझ बसेको बैठकले डा. केसीलाई काठमाडौं ल्याउने निर्णय गरेकाे थियाे । नेकपाकाे निर्णयपछि उनले जुम्लाबाट अडियो सन्देश पठाउँदै डां केसीले सरकार माग पुरा गर्नेतर्फ भन्दा पनि अनसन तुहाउने तर्फ लागेको आरोप लगाएका छन् ।
डा. केसीको जीवन रक्षा र उनले उठाएका माग सम्बोधन गर्न माग गर्दै आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् भने नेपाली कांग्रेस र केसी समर्थकले विरोध प्रदर्शन गर्दै आएका छन् ।