१७ असार २०८३, बुधबार

डा. केसीलाई लिन सरकारी हेलिकोप्टर जुम्लामा, चिकित्सक र विद्यार्थीको अवरोध

डा. केसीलाई लिन सरकारी हेलिकोप्टर जुम्लामा, चिकित्सक र विद्यार्थीको अवरोध

काठमाडौं– चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन भएको छ । 

केसी पक्षीय चिकित्सकहरूले जुम्लामै वार्ता गरेर केसीको माग सम्बोधन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । यस्तै विद्यार्थीहरूले डा.केसीसम्म आइपुग्ने स्थानमा मानव साङ्ग्लो बनाएका छन् । 

डाक्टर केसी २० दिनदेखि अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसैबीच, अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सहसचिवसहितको टोली केसीलाई लिन जुम्ला पुगेको हो ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा २० दिनदेखि अनशनरत छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्