
जुम्ला– जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसी थप उपचारका लागि काठमाडौं जान तयार भएका छन् ।
केही बेरअघि अस्पताल प्रशासनमा सरकारी पक्ष र डा केसीपक्षधरबीच वार्ता भएको थियो ।
प्रशासनले केसीलाई बल प्रयोग गरेर भएपनि काठमाडौं लैजाने संकेत गरेपछि डा. केसी सरकारी हेलिकप्टर चढेरै काठमाडौं जान तयार भएका हुन् ।
विहीवार मध्यान्ह समर्थकमाथि प्रहरीले बल प्रयोग गरेपछि डा केसी काठमाडौं जान तयार भएका थिए । तर उनले सरकारी हेलिकप्टरमा नजाने अडान लिएका थिए ।