×

NMB BANK
NIC ASIA

भुजेल डाँडामा झल्कँदैछ भुजेल संस्कृति

पुस १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एकराज भुजेल               

Muktinath Bank

भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका वडा नं. ४ दलगाउँ भुजेल डाँडामा निर्माण भएको भुजेलीथान यतिबेला पर्यटकीय स्थलको रुपमा चिनाउन उद्यत रहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा कार्यालय दलगाउँ तथा देश विदेशमा रहेका सहयोगी मनको आर्थिक सहयोगमा निर्माण भएको भुजेली थान यतिबेला पूरै बेहुली जस्तै सिङ्गारिएको छ।


Advertisment
Nabil box
Kumari

रामप्रसादराई गाउँपालिका उपप्रमुख सम्झना राई सन्ध्याद्वारा शिलान्यास गरिएको भुजेली थान प्रतिनिधि सभा सदस्य सुदन किराती र वडा कार्यालय दलगाउका वडाध्यक्ष फौंदसिं कार्कीले उद्‍घाटन गरिएको भुजेली थानमा मंसिर पूर्णिमा अर्थात भुजेली पर्वका दिन भुजेल संस्कृतिका भेषभुषा झाकी सहित भव्यता साथ मनाउँदै बाह्य पर्यटकलाई अधिक मात्रामा भुजेली थानको दर्शन गराउँदै भुजेली पहिचानमा रमाउनका लागि धेरै कसरत गर्दै आइरहेको छ।

Vianet communication
Laxmi Bank

भोजपुरको शीरको रुपमा ठडिएको ट्‍याम्के डाँडाको तालुमा हरिण मृगका पाठाहरुसँग लुकामारी खेल्दै कस्तुरीको बास्ना सँगै सिद्धाकाली, पखुवादेवी मन्दिरको दर्शनसँगै सिक्तेल र पिखुवाको चिसो पानीले प्यास मेटाउँदै भुजेली डाँडाको भुजेली थानमा सुस्केरा हाल्दै दिपेनी डाँडाको चुलाचुली गुफा भित्र टर्च बाल्दै छिर्दै विभिन्न आकृतिका प्रकृतिले कुँदिएका बुट्टादार ढुङ्गाहरुको अवलोकन गर्न पर्यटकहरुको मन लोभ्याउदै आन्तरिक तथा वाह्य पर्यटकहरुको पाइला यस क्षेत्रमा अवश्य पार्नका लागि भुजेली थान संरक्षण समिति कटिबद्ध रुपमा लागिपरेको छ।

भक्तजन तथा पर्यटहरुलाई सुविधाको मध्यनजर गर्दै प्रतिक्षालय, पाहुना घर लगायतका निर्माण कार्यलाई तिव्रता दिइरहेको छ।भुजेली थान उद्‍घाटनका क्रममा प्रतिनिधि सभा सदस्य तथा सभासद सुदन किरातीले भुजेल डाँडाका भुजेलहरुको एउटै स्वरमा स्वर मिलाउँदै भुजेली थानलाई पर्यटकिय हिसाबले यस थानलाई नमुनाको रुपमा बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत दिए। संस्कृति र प्राकृतिक सम्पदालाई विश्वकै सम्पदाको रुपमा स्थापित गराउन सकिने सम्भावना पनि औल्याए।

मंसिर पूर्णीमा उधौली र बैशाख पूर्णिमा उभौली दुवै पर्वको पूजा गर्ने भुजेल, घर्ती, खवास प्रकृति-पूजक भएकाले मंसिरे पूर्णिमा उधौली भुजेली पर्व पौष 7 गते मनाउन भुजेलहरु तम्सिएका छन्। भुजेल जातीका पूर्खाहरुले प्रारम्भिक कालदेखि नै आफ्ना परिवार, गाईवस्तुहरु, बालिनालिहरु र मानव जातिको रक्षाको लागि सूर्य, वायु, जल, जमिन र जंगलको पूजा गर्दै आएका थिए।

शुरु-शुरुमा सामुहिक रुपमा प्रकृति पुजाको आयोजना गरिन्थ्यो भने पछिल्लो समय वि.सं.1372 पछि आएर एकल पारिवारिक रुपमा यस पुजाको आयोजना गरिन्थ्यो।अझै पनि भुजेल धामी झाक्रीहरुले, बुढापाकाहरुले आ-आफ्नो स्थानमा गोठपूजा, कुलपुजा वा बनभोजको रुपमा प्रकृति पुजा गर्दै आएका छन्।

त्यसलाई समय सापेक्ष बनाउँदै, सामुहिक रुप दिदै 2066 सालदेखि सुनसरी जिल्लाबाट भुजेली पर्वका रुपमा भव्यताका साथ मनाउने कार्यक्रमको प्रारम्भ गर्दै आएको यस पर्व भुजेल डाँडाका भुजेली थान संरक्षण समितिले सामुहिक रुपमा यो पर्व मनाउन सुरुवात गरेको छ।

भुजेल जातीका पूर्खाहरु वि.सं.553 देखि नेपालको मध्य पश्चिमतिर अस्तित्वमा आई बाग्लुङ, पर्वत, गुल्मीतिर बसोबास गरी राज्य गर्दै शक्तिशाली राज्यको स्थापना बाग्लुङको ढोरपाटमा गरेको पाइन्छ। शक्तिशाली राज्य स्थापना गरेका भुजेलका पूर्खालाई त्यस क्षेत्रका बासिन्दाले प्रमुख राजा भनेर सम्वोधन गर्दथे त्यही सम्वोधन पछि गएर भुजेल जातिमा स्थापित भएको इतिहास विद्हरुको राय छ।

वि.सं.1372 ताका भुजेल जातीको राज्यलाई आक्रमण गरी तहस नहस पारेपछि त्यो भन्दा पछिका शासकहरुले एक भाषा, एक धर्म, एक संस्कार लादेकाले अहिले भाषा, धर्म संस्कार खोज्न भुजेलहरु लागिपरेका छन्।

भुजेल जाती प्रकृति पूजक भएकाले यसै धर्मलाई आधारमानी र भुजेलका पूर्खाहरुले मान्दै आएका संस्कार र चाडपर्वहरुलाई विधिवत् रुपमा घरमा, समूहमा र समाजमा लागु गर्ने फरक फरक ठाउँमा रहेका फरक फरक विधि, तौल र तरिकालाई एकरुपता ल्याउन नेपाल भरी बसोबास गर्ने भुजेलहरुलाई प्रकृति धर्मावलम्वीको रुपमा चिनाउन पञ्‍च तत्व सूर्य, वायु, जल, जमिन र जंगल साथै दियो र कलशलाई कुल देवता मान्न र मनाउन हरेक पर्व र संस्कारमा पुजा गर्ने र आराधाना गरी वरदान माग्न आफू र आफ्ना परिवार समाज सबैको रक्षा गर्न यी कुलदेवताको विधिवत पुजा थालिएको हो।

यतिबेला भुजेली थान विभिन्न रंगका ध्वजाहरुले, सिमाली, बाँसको लिङ्गो, तितेपाती, एकपाथीको ठूलो दियो अनि अन्य साना साना दियो, फुलका मालाहरु तथा त्रिशुलले सुशोभित भएको छ।भुजेली चेलीहरु भुजेली पहिरनमा सजिएर भुजेली पर्व मनाउन तम्सिएका छन् । भुजेली पर्वमा एक जोर परेवा, कालो भाले, बोका, भेडाको बलि दिएर मनाउने प्रचलन भएतापनि समयको परिवर्तनसँगै विभिन्न फलफूलले पूजा गर्न सकिने व्यवस्था समितिले मिलाउने गरेको छ।पाँच वटा ढुङ्गाको प्रतिमालाई देवताको प्रतिक मानि पुजा गरिदै आएको छ।न्याम (सूर्य), हाउसिरिङ्ग (वायु), ती (जल), राङ्ग (जमिन), फुई (जंगल) लाई अक्षता, धूप, बत्ती बाली बली चढाई सेवानुङ, सेवानुङ, सेवानुङ भनी प्राथना गर्ने गरिन्छ ।

लेखक भुजेल

लेखक हालउच्च अदालत पाटनमा कार्यरत छन्

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x