आज विश्व हाँसो दिवस, यस्ता छन् हाँस्नुका फाइदा

बैशाख २२, २०७६

काठमाडौं – प्रत्येक वर्ष मे महिनाको पहिलो आइतवार विश्व हाँसो दिवसका रूपमा मनाइने गरेको छ । 

वर्ल्ड लाफ्टर डेको आरम्भ भारतको मुम्बई शहरबाट गरिएको थियो । यस दिनलाई सर्वप्रथम सन् १९९८ को मे १० मा डा मदन कटरियाले मनाउन थालेका थिए । 


ADVERTISEMENT

मानिसहरूमा हाँस्नुका फाइदाका बारेमा जागरुक बनाउन तथा संसारभरि खुशी छर्न यो दिवस मनाइने गरेको छ । 

हाँस्नुका पाँच फाइदा यस्ता छन् :

शरीर र दिमागलाई आराम
हाँस्दा तनाव कम हुन्छ । अनि हाँसेको ४५ मिनेटसम्म मांसपेशीहरूले आराम अनुभव गर्छन् र तपाईं तरोताजा अनुभव गर्नुपर्छ । 

राम्रो निद्रा
राति सुत्नुअघि खुलेर हाँस्दा छटपटी र तनाव दुवै कम हुन्छन् । दिमागले शान्तिको अनुभव गर्छ । अनि थकानयुक्त दिनपछि राति मज्जाले निद्रा लाग्छ । 

रोगप्रतिरोधक क्षमतामा वृद्धि
हाँस्दाखेरी शरीरमा एन्टबडी बनाउने कोशिकाको संख्या बढ्छ । यसले गर्दा रुघाखोकी जस्ता समस्याबाट बच्न सकिन्छ । रोगप्रतिरोधात्मक क्षमता बलियो भएपछि अनेक किसिमका एलर्जी र इन्फेक्सनबाट सुरक्षित बस्न सकिन्छ । 

लामो समयसम्म जवान
खुलेर हाँस्दा अनुहारलाई गजबको व्यायाम हुन्छ । हाँस्दाखेरी अनुहारका लगभग १५ मांसपेशी एकसाथ आउँछन् र अनुहारको रौनक बढ्छ । हाँस्दाखेरी अनुहारका मांसपेशीमा रक्तसञ्चार राम्ररी हुन्छ र अनुहारमा चमक आउँछ । अनि तपाईं बढी जवान र आकर्षक देखिन थाल्नुहुन्छ । 

स्वस्थ मुटु
खुलेर हाँस्दा शरीरमा रक्तसञ्चार राम्रो बन्छ । हाँस्दाखेरी शरीरमा बढी मात्रामा अक्सिनज पुग्छ र यसले मुटुको चाललाई सन्तुलनमा राख्छ । यसो हुँदा हृदयघात र मुटुका गम्भीर रोगबाट बच्न सकिन्छ ।

एजेन्सी
 

बैशाख २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस