घर परिवर्तन गर्दैछन् राहु र केतु, यस्ता व्यक्तिका लागि धेरै नराम्रो

बैशाख २६, २०७६

अशुभ ग्रहको रुपमा चिनिने राहु भदौ २४ गते (शनिबार)देखि घर परिवर्तन गरेर कर्कट राशिमा जाँदैछ । यस्तै पापी ग्रहको रुपमा चिनिने केतु पनि शनिको राशि मकरमा प्रवेश गर्दैछ । 

राहु र केतुले राशि परिवर्तन गर्दा तपाईंलाई कस्तो असर पर्ने छ ? यहाँ राशिअनुसार उल्लेख गरिएको छ, 


ADVERTISEMENT

मेष राशि
केतुले राशि परिवर्तन गर्दा मेष राशि भएका व्यक्तिलाई केही नराम्रो हुने छ । मेष राशि भएका व्यक्तिले आफन्तबाट टाढिनुपर्ने हुनसक्छ । साथै आफ्नै सोचिएका व्यक्तिले पनि धोका दिन सक्ने संभावना छ । 

वृष राशि
केतुले मकर राशिमा प्रवेश गर्दा वृष राशि भएका व्यक्तिको व्यस्तता बढ्नेछ । कामको दवाव बढ्नेछ भने आरामको लागि समय कम हुनेछ । जसले गर्दा स्वास्थ्यमा केही समस्या आउन सक्छ । आम्दानीको तुलनामा खर्च बढ्ने संभावना छ । 

मिथुन राशि
राहु र केतुले राशि परिवर्तन गर्दा मिथुन राशि भएका व्यक्तिलाई स्वास्थ्य सम्बन्धी केही समस्या हुन सक्छन् । साथै परिवारमा केही खटपट हुने तथा समस्या आउन सक्छ । शिक्षाको क्षेत्रमा पनि केही कठिनाइ आउने सम्भावना छ । आर्थिक मामलामा सम्हालिएर काम गर्दा नै राम्रो हुने छ । 

कर्कट राशि
राहु ग्रह नै कर्कट राशिमा प्रवेश गर्ने भएकाले यो राशि भएका व्यक्तिले केही परेशानी पक्कै पनि बेहोर्नु पर्ने हुन्छ । धन अधिक खर्च हुने छ भने आम्दानीका स्रोतहरु कटौती हुने संभावना छ । घरेलु समस्याका कारण मन अशान्त रहने छ । योग, ध्यान गरेर मानसिक शान्ति लिँदा राम्रो हुने छ । 

सिंह राशि
सिंह राशि भएका व्यक्ति आफ्नो प्रयासबाट लाभ लिन सक्छन् । राहु र केतुले राशि परिवर्तन गर्दा तपाईले सुखद समाचार प्राप्त गर्न सक्ने संभावना छ । केही जटिल समस्याबाट पनि छुटकरा पाइने छ । 


कन्या राशि
कन्या राशि भएका व्यक्तिले लामो दूरीको यात्रा गर्नुपर्ने हुनसक्छ । साथै घरपरिवारमा केही मांगलिक कार्य हुनसक्छ । जसमा तपाईको केही धन खर्च हुन सक्छ । 

तुला राशि
परिश्रम अधिक हुँदा पनि आम्दानीमा कमी आउने छ । पारिवारिक मामलामा केही समस्या आउन सक्छ । वाहन सुख मिल्न सक्छ । अर्थात् नयाँ सवारी साधन खरिद गर्नुभयो भने सुख प्राप्ती हुनसक्छ । 

वृश्चिक राशि
वृश्चिक राशि भएका व्यक्तिका लागि केतुको राशि परिवर्तन शुभ रहने छ । साथीहरु र निकटको सम्बन्ध भएकाहरुबाट सहयोग प्राप्त हुने छ । पहिले गरिएका प्रयास र परिश्रमबाट सफलता प्राप्त हुने छ । धन लाभको अवसरहरु प्राप्त हुनेछन् । 

धनु राशि
धनु राशि भएका व्यक्तिका लागि केतु ग्रहले मकर राशिमा प्रवेश गर्नु स्वास्थ्यका दृष्टिकोणले दुःखद हुनसक्छ । मानसिक समस्याका कारण क्रोध बढ्न सक्छ । खर्च धेरै हुने छ भने आर्थिक क्षतिको भय पनि छ । 

मकर राशि
पापी ग्रहको रुपमा चिनिने केतु नै प्रवेश गर्ने हुँदा आर्थिक क्षति व्यहोर्नुपर्ने हुनसक्छ । अधिक परिश्रम गर्दा पनि आम्दानी भने कम हुने छ । स्वास्थ्यमा उतार–चढाव आइरहने छ । परिवारमा आपसी मतभेद हुनसक्छ । 

कुम्भ राशि
यो राशि भएका व्यक्तिले सम्हालिएर काम गर्नु राम्रो हुने छ । नत्र बनिरहेको काममा पनि अनेक प्रकारका अड्चन आउनेछन् । आय सामान्य रहने छ । तर तपाईको खर्च भने बढ्ने छ । तनावका कारण स्वास्थ्यमा केही असर गर्न सक्छ । स्वास्थयको विशेष ध्यान दिनुहोला । 

मीन राशि
यो राशि भएका व्यक्तिका लागि केतु ग्रह मकर राशिमा आउनु सामान्य रुपमा राम्रै हुने छ । आम्दानीका साधानको बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । घर–जग्गा खरिद गर्ने प्रयास सफल हुने छ ।

बैशाख २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार