कात्तिक २४, २०८०
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो । यस्ता छन् ग्यास्ट्रिकका लक्षण र त्यसबाट बच्ने उपाय :ग्यास्ट्रिकका लक्षण
ग्यास्ट्रिकलाई मानिसले सामान्य ढंगले लिन्छन् । तर, यसले स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ । ग्यास्ट्रिकले रिंगटा लाग्ने, वाकवाक हुने, पेट फुल्ने, भोक नलाग्ने, खान मन नलाग्ने, मुटुवरिपरिको क्षेत्र दुखेको अनुभव हुनेलगायतको लक्षण देखाउँछ ।
बच्ने उपाय
ग्यास्ट्रिकबाट बच्नका लागि रहनसहन र खानपिनले ठूलो भूमिका खेल्छ । बिहान उठ्नेबित्तिकै पानी पिउने बानीले ग्यास्ट्रिक नहुन सक्छ । रातको समय लगातार ७–८ घन्टाको सुताइले शरीरमा पानीको अभाव हुन जान्छ । त्यसैले बिहान उठ्नासाथ पानी पिउन आवश्यक हुन्छ । तर, उठ्नेबित्तिकै जुसको भने प्रयोग गर्नु हुँदैन । खाली पेटमा यस्ता पेय पदार्थ खाँदा पेटमा ग्यास भरिन जान्छ ।
ग्यास्ट्रिक भएमा समय–समयमा खाना खाइरहनुपर्छ । खाली पेट बस्ने भूल गर्नु हुँदैन । यसरी खाली पेट बस्दा ग्यास्ट्रिकको मात्रा बढ्दै जान्छ ।
तारेको र भुटेका खाद्य पदार्थ निकै कम प्रयोग गर्नुपर्दछ । यस्ता खाद्य पदार्थको नियमित प्रयोगले पाचन प्रक्रियामा समस्या सिर्जना गर्छ र ग्यास्ट्रिक बढ्न जान्छ ।
ग्यास्ट्रिक हुनेहरू अल्कोहलबाट टाढै रहनुपर्छ । व्यस्तता, मानसिक तनाव, भय, चिन्ता, शोक, अनिद्राले पनि ग्यास्ट्रिक बढाउन सक्छ । यस्तो कुरामा सचेत हुनुपर्छ । शारीरिक श्रम र व्यायाम नगर्नेहरूलाई पनि ग्यास्ट्रिक हुन्छ ।
धूम्रपान, चिया–कफी बढी पिउँदा पनि ग्यास्ट्रिक बढ्छ । ग्यास्ट्रिक हुनेले निकै कम मात्रामा चिया पिउनुपर्छ ।
योगबाटै निको पार्न सकिन्छ
नियमित योग गर्दा पनि ग्यास्ट्रिकरहित बन्न सहयोग पुग्छ । ग्यास्ट्रिक निको पार्न गरिने योगका आफ्नै नियम छन् । त्यसका लागि पहिले ढाड र गर्दनलाई सीधा राखेर बस्नुपर्छ । त्यसपछि जोडसँग श्वास लिएर फ्याक्नुपर्छ । यस्तो क्रियाकलाप पटक–पटक गर्न जरुरी हुन्छ । तर, यस्तो योग खाली पेटमा भने गर्नु हुँदैन ।
ग्यास्ट्रिकबाट बच्न अर्को तरिकाले पनि योग गर्न सकिन्छ । त्यसका लागि दुवै खुट्टा जोडेर घोप्टो परी सुत्नुपर्छ । त्यसपछि दुई हत्केलाले भुइँ टेकेर आकाशतर्फ हेर्नुपर्छ । त्यसपछि बिस्तारै श्वास लिँदै छाती फुलाउनुपर्छ । त्यसपछि केहीछिन श्वासलाई रोक्ने कोसिस गर्नुपर्छ । त्यसपछि श्वास छाडेर पहिलेकै अवस्थामा फर्कनुपर्छ । नाडीशोधन योग गरेर पनि ग्यास्ट्रिक निर्मूल पार्न सकिन्छ ।
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...