×

NMB BANK
NIC ASIA

'मेरो विरोध गर्नकै लागि केहीले मास्क लगाउन थालेका छन्, यो त स्वास्थ्यका लागि राम्रो हो नि !'

ओलीको आह्वान– बाबुरामजी मात्र किन, फोरमकाहरू पनि आउनुस्

असार २०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू घटेको भन्ने अभिव्यक्तिको प्रतिरक्षा गरेका छन् ।

Muktinath Bank

मदन भण्डारीको जन्मजयन्तिका अवसरमा केही दिनअघि नेकपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछि मास्क लगाउनेहरू देखिन छाडेको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार पार्टी मुख्यालय धुम्बाराहीबाट प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्तिको प्रतिरक्षा गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

समाजवादी पार्टीबाट नेकपामा प्रवेश गरेका पूर्व नयाँ शक्ति नेताहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले भने– 'मेरो नेतृत्वमा सरकार बन्ने बेलामा धूलोका कारण मास्क नलगाई हिँड्न सक्ने अवस्था नै थिएन, अहिले त्यो घटेको छ भनेको थिएँ केही तत्वहरूले मेरो विरोध गर्नकै लागि मास्क लगाउन थालेका छन् । मास्क लगाउने बानी बसाल्नु त स्वास्थ्यका लागि राम्रो हो नि !'

Vianet communication
Laxmi Bank

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले बाबुराम (डा. बाबुराम भट्टराई) मात्र नभएर फोरम पनि नेकपामा अटाउन सक्ने बताए ।

'केहीबेरअघि प्रचण्डजीले बाबुरामजीलाई पार्टीमा आउन आह्वान गर्नुभयो, बाबुरामजी मात्र किन ? फोरमकाहरू पनि आउनुस् न । नअटाउने कुरै छैन,' ओलीले भने, 'अरू पार्टीमा लागेर अल्मलिएका साथीहरूलाई म हार्दिक रूपमा आह्वान गर्दछु ।'

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल मिलेर केही समयअघि समाजवादी पार्टी बनेको थियो ।

प्रधानमन्त्री ओलीले आइफा अवार्डबारे सरकारी तहबाट निर्णय नै नभई विरोध गरिएको भन्दै असन्तुष्ट पनि जनाए । देशलाई फाइदा हुने देखे आफूले आइफा अवार्ड गर्न दिने उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x