
एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप ‘मोबैंक’ मार्फत कारोबार गर्ने ग्राहकलाई सोल्टी क्राउन प्लाजामा डिनरको अफर गरेको छ। यो अफर भ्यालेन्टाइन डे लक्षित हो।
जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात् माघ २८ देखि ३० गतेसम्म मोबैंकबाट कारोबार गर्ने २० ग्राहकले आफ्नो प्रेमीप्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा निशुःल्क डिनर गर्न पाउने बैंकले जनाएको छ।
एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एप मोबैंक मार्फत कुनै पनि भुक्तानी जस्तै क्यूआर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टप अप लगायतका सेवामा जतिसुकै रकमको कारोबार गर्ने २० जना ग्राहक महानुभावलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता नदिने दिएको छ। डिनर भ्यालेनटाइन डे अर्थात फेब्रुअरी १४ मा हुनेछ।