
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका सेना प्रमुख अजिज अहमेदले सोमबार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आएका हुन्।