१० साउन २०८३, आइतबार

त्रिभुवन विमानस्थल क्षेत्रको आगलागी नियन्त्रणमा

त्रिभुवन विमानस्थल क्षेत्रको आगलागी नियन्त्रणमा
तस्बिर दीपेन्द्र कर्णकाे ट्वीटरबाट।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी रामकृपाल साहका अनुसारअन्तर्राष्ट्रिय प्रवेश कक्ष नजिकै सोमबार बेलुका लागेको आगो नियन्त्रणमा लिइएको हो। क्षतिको विवरण भने आइ नसकेको उनले जनाए।

कफी सपमा विद्युत सट भई आगलागी भएको थियो।

 विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको  छ।

विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सेवा अझै आधा घण्टासम्म बन्द रहने जनाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, विमानस्थलस्थित सुरक्षाका अधिकारीसँग छलफल गरेर छिट्टै विमानस्थल सञ्चालन गरिने महाप्रबन्धक केसीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्