
मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबारको तेस्रो खेलमा मछिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लेको हो।
मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई र दीपक राईले गोल गरे।
सङ्कटाका लागि विदेशी खेलाडी मेसोउकेले सान्त्वना गोल गरे। पहिलो हाफमा मछिन्द्रले एउटा मात्र गोल गरेको थियो। उक्त गोल खेलको ४४औँ मिनेटमा देवेन्द्रले गरेका थिए।
मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप दुई गोल ग-यो। मछिन्द्रका लागि खेलको ६४औँ मिनेटमा विशालले फ्रिकिकमार्फत गोल गरेका हुन्। खेलको ८२औँ मिनेटमा दीपकले मछिन्द्रका लागि तेस्रो गोल गरे।
खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि मसोउकीले गोल गरे। खेलको म्यान अफ दी म्याच मछिन्द्रका देवेन्द्र घोषित भए। जितसँगै मछिन्द्रले १२ खेलबाट २८ अङ्क जोडको छ। सङ्कटा १२ खेलमा १५ अङ्कका साथ लिगको सातौँ स्थानमा छ।