
ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान पूरा गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गृह मन्त्रालयमा प्रतिवेदन बुझाए पनि सोसम्बन्धी निर्णय नआएकाले मुद्दा दर्तामा ढिलाइ भएको छ।
गत १६ माघमा सीआईबीले गृह मन्त्रालयमा फाइल पठाए पनि गृह मन्त्रालयले निर्णय लिन नसक्दा ढिलाइ भएको हो ।
सीआईबीका प्रवक्ता बेलबहादुर पाण्डेले ललिता निवास जग्गा प्रकरणको छानबिन पूरा गरेर गृह मन्त्रालय पठाइएको र कुनै वाफ नआएको बताए । राजधानी दैनिकमा खबर छ ।