२३ असार २०८३, मंगलबार

कोरोना कहर : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

माघ २८, २०७६
कोरोना कहर : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

चीनको वुहानबाट शुरू भएको नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजारभन्दा बढी पुगेको छ ।

मंगलवार बिहान विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १ हजारभन्दा बढीको मृत्यु भएको जनाएको समाचार एजेन्सी सीएनएनले जनाएको छ । 

कोरोना भाइरसको संक्रमणबाट सोमवार मात्रै १ सय ८ जनाको मृत्यु भएको छ । 

संगठनका अनुसार मंगलवार बिहानसम्ममा १ हजार १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै ४३ हजार ९० जनामा रोग पत्ता लागेको छ । 

यस्तै हालसम्म ४ हजार बिरामी चीनको अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्