२९ असार २०८३, सोमबार

‘भ्रष्टाचारले व्यक्ति धनी भए, राष्ट्र गरिब’

माघ २८, २०७६
‘भ्रष्टाचारले व्यक्ति धनी भए, राष्ट्र गरिब’
अख्तियारको २९ औँ वार्षिकोत्सवमा मङ्गलबार आयोजना गरेको समारोहपछि सामूहिक तस्वीरमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनलगायत । तस्वीर: कृष्ण दवाडी/रासस

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिकोत्सवको अवसरमा आयोगको प्रदेश कार्यालय पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘भ्रष्टाचारसम्बन्धी जुनसुकै अभियोगमा निष्पक्ष छानबिन गरी भ्रष्ट आचरण भएकालाई आयोगले कानूनको कठघरामा ल्याउन सक्नुपर्दछ।’

प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले सरकारी, राजनीतिक तथा निजी क्षेत्रले सूचना प्रवाह गरेर भ्रष्टाचार नियन्त्रणमा सघाउनुपर्ने बताउँदै आयोगले हालै जारी गरेको ६१ बुँदे सुधारका बुँदामध्ये प्रदेश सरकारसँग सम्बन्धित ११ बुँदाको कार्यान्वयन शुरु गरिएको जानकारी दिए।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले सुशासन स्थापना विना समृद्धि हासिल गर्न नसकिने भएकाले निर्णायक तहमा रहेको ‘स्वार्थको द्वन्द्व’ कारणबाट भ्रष्टाचारजन्य गतिविधिले प्रश्रय पाउने गरेको उल्लेख गर्दै विभिन्न निकायबाट प्रकाशित तथ्याङ्कबाट भ्रष्टाचार नियन्त्रणमा पछिल्लो समय सुधार देखिएको बताए।

पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अख्तियारलाई बलियो बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए।

आयोगको प्रदेश कार्यालय पोखराका निमित्त प्रमुख शम्भु मिश्रले पछिल्लो आवमा कूल उजुरीको सङ्ख्या निरन्तर बढ्दो क्रममा रहेको बताउँदै माघ २३ गतेसम्मको तथ्याङ्कअनुसार चालू आवमा ३७२ तथा गत वर्षको जिम्मेवारी सरेका २८७ सहित कूल ६५९ उजुरीमध्ये २७४ पछ्र्यौट गरिएको तथा ३८५ अनुसन्धानमा रहेको जानकारी दिए।

कार्यालयका उपसचिव मेघनाथ रिजालले आयोगको रणनीति बमोजिम निरोधात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक र संस्थागत सुदृढीकरणका कार्य सञ्चालन गरी भ्रष्टाचार नियन्त्रका कार्यअघि बढाइको उल्लेख गरे।

salt training

कमेन्ट गर्नुहोस्