०६ साउन २०८३, बुधबार

ललितपुर अदालत परिसरमा एनआइसी एशिया बैंकको काउण्टर

ललितपुर अदालत परिसरमा एनआइसी एशिया बैंकको काउण्टर

ललितपुर जिल्ला अदालत परिसरमा एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

सेवाको समुद्घाटन ललितपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरे। 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बताए। 

मुलुकभर एनआइसीका ३ सय १३ शाखा कार्यालय छन्। ४ सय ४२ एटिएम र १ सय ९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान भइरहेको बैंकले जनाएको छ।
 
 

salt training

कमेन्ट गर्नुहोस्