१० साउन २०८३, आइतबार

भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु : राष्ट्रपति भण्डारी

माघ २८, २०७६
भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै । तस्वीर: रत्न श्रेष्ठ/ रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित नगरिकन राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्त गर्न कठिन हुने बताएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले वर्तमान समयमा भ्रष्टाचारका विभिन्न पात्र र प्रवृत्ति देखिएकाले ती पात्र र प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्न जरुरी रहेको बताइन्।

राष्ट्रपति भण्डारीले समाजमा भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको उल्लेख गर्दै नैतिकवान्, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिइन्।

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र प्रविधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहेको बताइन्।


उनले भनिन्, ‘‘सबैको साझा अठोट र प्रयासबाट मात्र भ्रष्टाचार निर्मूल गर्न सकिन्छ। ‘भ्रष्टाचार नियन्त्रमा सरकारी, गैरसरकारी निजी क्षेत्र एवं सरोकारवाला  सबैको सहयोग हुनु आवश्यक छ।’ 

salt training

कमेन्ट गर्नुहोस्