०३ असार २०८३, बुधबार

वुहानमा रहेका १ सय ८० नेपालीलाई स्वदेश ल्याउँदै सरकार

माघ २९, २०७६
वुहानमा रहेका १ सय ८० नेपालीलाई स्वदेश ल्याउँदै सरकार

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ।

फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा रहेका नेपालीलाई फागुन ३ गते नेपाल ल्याउने जानकारी दिए।

मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालले चीनबाट नेपाल ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने जानकारी दिए। उनले १४ दिनसम्म क्वारेन्टाइनमा राख्दा कोरोना भाइरसको लक्षण नदेखिएमा मात्र घर जान दिने बताए। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्