२२ असार २०८३, सोमबार

सिन्धुपाल्चोकको गुम्बागाउँमा सय जनाभन्दा बढीलाई रुघा र ज्वरो, कोरोना संक्रमणको आशंका

सिन्धुपाल्चोकको गुम्बागाउँमा सय जनाभन्दा बढीलाई रुघा र ज्वरो, कोरोना संक्रमणको आशंका

चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा एकैपटक सय जनाभन्दा बढी बिरामी परेका छन् ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै  कोरोनाको आशंका भएकाले तुरुन्त चिकित्सकको टोली पठाई परीक्षण गर्न जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ : 'विश्वमा फैलिइरहेको नोवल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखापरेका हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं।’

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बोधार्थ पठाएको छ । त्यहाँ बिरामीको संख्या सय नाघिसकेकाले तुरुन्त सहयोग गर्न पत्रमा आग्रह गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्