२४ असार २०८३, बुधबार

१० खेलाडीमा सीमित इंग्ल्याण्डको सानदार प्रदर्शन, ह्यारी केनको गोलले मेक्सिकोविरुद्ध ३-१ को अग्रता

असार २२, २०८३
काठमाडौं
१० खेलाडीमा सीमित इंग्ल्याण्डको सानदार प्रदर्शन, ह्यारी केनको गोलले मेक्सिकोविरुद्ध ३-१ को अग्रता

विश्वकप २०२६ को अन्तिम १६ को खेलमा १० खेलाडीमा सीमित भए पनि इंग्ल्याण्डले आयोजक मेक्सिकोमाथि आफ्नो पकड बलियो बनाएको छ।

खेलको ६० औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपछि इंग्ल्याण्डले ३-१ को महत्त्वपूर्ण अग्रता लिएको हो।

दोस्रो हाफको सुरुवातमै इंग्ल्याण्डलाई ठूलो झट्का लागेको थियो। ५४ औँ मिनेटमा डिफेन्डर जरेल क्वान्साले 'खतरनाक ट्याकल' का लागि सिधै रातो कार्ड पाएपछि इंग्ल्याण्ड दबाबमा परेको थियो। क्वान्सा बाहिरिएपछि रक्षापंक्ति मजबुत बनाउन प्रशिक्षक थोमस टुचेलले बुकायो साकालाई निकाल्दै जोन स्टोन्सलाई मैदान पठाएका थिए।

तर, १० खेलाडीमा खुम्चिए पनि इंग्ल्याण्डले आक्रामक खेल जारी राखेको छ । एन्थोनी गोर्डनलाई मेक्सिकन गोलकिपर राउल रान्जेलले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै ह्यारी केनले कुनै गल्ती नगरी टोलीका लागि तेस्रो गोल थपे।

यसअघि पहिलो हाफमा जुड बेलिङघमले दुई गोल गरेका थिए भने मेक्सिकोका लागि जुलियन क्विनोनेसले एक गोल फर्काएका थिए। अहिले मेक्सिको खेलमा फर्कन संघर्ष गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्