०४ साउन २०८३, सोमबार

बानेश्वरको सार्वजनिक शौचालयमा जेष्ठ नागरिक र पर्यटकलाई निःशुल्क

बानेश्वरको सार्वजनिक शौचालयमा जेष्ठ नागरिक र पर्यटकलाई निःशुल्क

नयाँ बानेश्वरस्थित छक्कुपक्कु पार्कको आडमा निर्माण भएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण भएको छ। 

पार्कमा बुधबार आयोजना गरिएको औपचारिक कार्यक्रममा शौचालयको साँचो वडा अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरिएको हो।

व्यवसायिक सार्वजनिक उत्तरदायित्वअन्तर्गत एभरेष्ट बैंकले करीब २० लाख रुपैयाँ खर्च गरेर छक्कुपक्कु पार्कको मर्मत तथा सार्वजनिक शौचालय निर्माण गरेको हो।

नवनिर्मित शौचालयमा पुरुषका लागि ४ वटा पिसाब फेर्ने युरिनल र १ वटा दिसा गर्ने ठाउँ, महिलाका लागि २ वटा र अपाङ्गता भएका व्यक्तिका लागि १ वटा छुट्टाछुट्टै ठाउँ छन् । 

 वडाध्यक्ष केसीका अनुसार अपाङ्गता भएका व्यक्ति, पर्यटक र जेष्ठ नागरिकलाई शौचालयमा दिसापिसाव गर्न पैसा तिर्नुपर्ने छैन।

यसको दिगो व्यवस्थापनका लागि अन्य उपभोक्ताबाट सेवा शुल्क संकलन गरिनेछ । यसरी संकलन भएको रकम सरसफाइ र बायोग्याँस उत्पादनमा खर्च हुनेछ । वडाले यस कामका लागि एरोसान सन्टेनेबल स्यानिटेसनले सञ्चालन गरेको सरसफाइ सहकारी संस्थासँग सहकार्य अघि बढाएको छ । 
   
 

salt training

कमेन्ट गर्नुहोस्