२८ जेठ २०८३, बिहीबार

रेशम चौधरीको रिहाइको माग गर्दै आमरण अनशनसहित प्रदर्शन

फागुन २, २०७६
रेशम चौधरीको रिहाइको माग गर्दै आमरण अनशनसहित प्रदर्शन

आमरण अनशनसहित शुक्रवार धनगढीमा प्रदर्शन गरिएको छ ।

थरुहट/थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बिहीवारदेखि सुरु गरेको आमरण अनशनको समर्थनमा कैलालीको धनगढी र दाङको तुलसीपुरमा आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।

संविधान संशोधन गर, टीकापुर राजबन्दीमाथि लगाइएको झूटा मुद्दा फिर्ता गर, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका नाराबाजी गर्दै प्रदर्शन गरिएको छ ।

अनशनकारी नेता थारु कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै आमरण अनशनमा बसेका हुन् । उनले माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने बताएका छन् । 

अनशनमा बस्नु आफ्नो कुनै रहर नभएको बनाउँदै उनले अधिकारको लागि २/४ मुद्दा होइन, ५० औं मुद्दाहरू सहन तयार रहेको बताए । ४२ महिनासम्म जेलमा आफूलाई त्यतिकै सडाइएको आक्रोश पोख्दै उनले पहिचान र अस्तित्वको लागि मर्न समेत तयार रहेको चेतावनी दिए ।

मोर्चाको आन्दोलन तथा अनशनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्